आज उकालो लाग्यो शेयर बजार « Khabarhub

आज उकालो लाग्यो शेयर बजार


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निरन्तर ओरालो लागको शेयर बजार आज उत्साहजनक रुपमा उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार मंगलबार कारोबार भएका १२ समूहमध्ये ९ वटा समूहको परिसुचकमा वृद्धि भएको छ । नेप्सेकाअनुसार मंगलबार नेप्से ११ दशमलव ०२ अंकले कारोबार बढेको हो । मंगलबार कारोबार भएकामध्ये सबैभन्दा धेरै कारोबार मेगा बैंक र दोस्रो नम्बरमा प्रभु बैंकको कारोबार भएको छ ।

मेगा बैंकको क्लोजी मूल्य २ सय ७० रुपैयाँ रहेको छ भने प्रभु बैंकको २ सय ६८ रुपैयाँ पुगेको छ । मंगलबार कारोबार भएका २६ वटा वाणिज्य बैकहरुमध्ये एनआइसी एसिया, ग्लोबल आइएमई र नबिल बैंकका लगानीकर्ताले घाटा व्यहोरेपनि अन्य सबै बैंकका लगानीकर्ताले नाफा कमाएका छन् । आज कारोबार भएकामध्ये कुमारी बैंकका लगानीकर्ताले कारोबार बन्द हुने बेलासम्ममा प्रतिशेयर ११ रुपैयाँ नाफा गरेपनि ग्लोबल आइएमईका शेयर धनीले प्रतिशेयर ३ रुपैयाँ घाटा व्यहोरेका छन् ।

जलविद्युत् आयोजनाहरुको कारोबार भएका ३० वटामध्ये विभिन्न ६ वटा आयोजनाको शेयर रकम घटेको छ । नेप्सेकाअनुसार युनियन हाईड्रोपावर, रिडि हाईड्रोपावर, पञ्चकन्या हाईड्रोपावर, दिव्यश्वरी हाईड्रो, अरुण काबेली र अरुण भ्यालीका लगानीकर्ताले घाटा व्यहोरेका छन् । बुटबल पावर कम्पनीको शेयर भने ८ रुपैयाँले बढ्दा चिलिमे हाईड्रोको मूल्यसमेत ४ रुपैयाँले बढ्यो ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  ४ : ०९ बजे

पर्वतको ठानामा ‘एक घर एक धारा’

पर्वत– पर्वतको मोदी गाउँपालिका–६ तिलाहारको ठानागाउँमा ‘एक घर एक धारा’

सरकारले खुलायो औद्योगिक प्रयोजनका लागि सुपारी, केराउ र मरिचको आयात

काठमाडौं– नेपाल सरकारले चालु आर्थिक वर्ष २०८२–०८३ का लागि औद्योगिक

सुनचाँदीको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।

चिसो बढेपछि हुम्लाको यारी भन्सार कार्यालय बन्द

हुम्ला– हिल्सास्थित यारी नाका भन्सार कार्यालय तीन महिनाका लागि बन्द

संस्कृति संरक्षणमा थारू समुदायका युवापुस्ता अग्रसर 

दाङ– दाङमा पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ