कम भयो फिल्म मेकिङको बाढी, आउन थाले राम्रा फिल्म अगाडि « Khabarhub

कम भयो फिल्म मेकिङको बाढी, आउन थाले राम्रा फिल्म अगाडि


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं –  यस वर्ष गत वर्षका तुलनामा निकै कम फिल्म निर्माण भइरहेका छन् भने रिलिज भएका केही फिल्मले आशालाग्दो व्यापार पनि गरिरहेका छन् ।

यस वर्ष प्रदर्शनमा आएको फिल्म ‘जात्रै जात्रा’ ले झण्डै १० करोडमाथिको व्यापार गरेको छ । फिल्मले केही सिनेमा घरमा ५१ औँ दिन मनाउने पक्का छ । यसै वर्ष प्रदर्शनमा आएको फिल्म ‘दाल भात तरकारी’ ले पनि केही सिङ्गल थिएटरका हलमा ५१ औँ दिन मनाउन सफल भयो ।

तर, यो वर्ष पहिलेका तुलनामा आधाजस्तो सङ्ख्यामा फिल्म प्रदर्शन हुने अनुमान गरिएको छ । चलचित्र ‘छ माया छपक्कै’, ‘रातो टीका निधारमा’ ‘घामड शेरे’ लगायतका फिल्मप्रति दर्शकको एक खालको आशा छ । यस्तै भदौ १३ गतेमा रिलिज हुने भनिएको फिल्म ‘कबड्डी ३’ पनि दर्शकको प्रतीक्षित फिल्म बनेको छ यो वर्ष । यसै मितिमा आउने फिल्म ‘मारुनी’ को पनि राम्रै चर्चा छ ।

यतिबेला फ्लोरमा दीपेन्द्र के. खनालको ‘आमा’, दीपकराज गिरीको ‘छ माया छपक्कै’, ‘कबड्डी ३’ लगायतका फिल्मको छायांकन भइरहेको छ । हालै ‘रातो टीका निधारमा’ ले आफ्नो शूटिङ सकेको थियो । निश्चल बस्नेत र स्वस्तिमा खड्काको जोडी रहने गरी निर्माण भइरहेको फिल्म ‘घामड शेरे’ को पनि छायांकन सकिएको छ ।

यद्यपि यो वर्ष खासै सिनेमा निर्माण भइरहेका छैनन् । अझै फ्लोरमा नगएका फिल्म ‘प्रेम गीत ३’, ‘लप्पन छप्पन २’ लगायतका केही फिल्मको पनि राम्रै चर्चा छ ।

वर्षको शुरुतिरै ए मेरो हजुर ३, जात्रै जात्रा, दाल भात तरकारी लगायत फिल्मले राम्रो व्यापार गरिरहँदा अर्कातिर नयाँ मेकर भने फिल्ममा लगानी गर्न डराएका छन् । केही वर्षअघिसम्म फिल्म क्षेत्रमा प्रक्रिया नबुझी फिल्ममा लगानी गरिरहेका लगानीकर्ता लगानी गर्नबाट तर्किरहेका छन् ।

त्यसो त नेपाली फिल्मका लगानीकर्ता प्राय: एउटै फिल्म बनाउँछन् । डुबाउँछन् र हराउँछन् ।

केही वर्षसम्म फिल्ममा लगानी गर्ने सस्तो बाढी आइरहेका बेला अहिले एक हिसाबले भइरहेको फिल्टरलाई कतिपयले भने सकारात्मक रुपमा हेरेका छन् । यसलाई कतिपयले कसरी हेर्न थालेका छन् भने, अब फिल्म क्षेत्रमा राम्रा फिल्मको बढी चर्चा हुनेछ । गतवर्ष पनि व्यावसायिक रुपमा असफल तर समीक्षात्मक रुपमा सफल फिल्महरूको वर्षभरि नै चर्चा भएको थियो । यस वर्ष पनि राम्रा फिल्मको तारिफ गर्नमा दर्शक आफै सक्रिय बनिरहेका छन् ।

फिल्म मेकिङमा विना कुनै तयारी लगानी गरिएका नेपाली फिल्मभन्दा समय लगाएर निर्माण गरिएका फिल्मका कारण अब नेपाली फिल्मको बजार केही फरक पो बन्छ कि भन्ने भनेर आँकलन गरिएको छ । के नेपाली फिल्म निर्माणको ‘साउने भेल’ रोकिएक‍ै हो त ?

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  ५ : १६ बजे

स्विट्जरल्यान्डमा जनसङ्ख्या बहस

जेनेभा– स्विट्जरल्यान्डमा आप्रवासन र जनसङ्ख्या वृद्धिलाई लिएर लामो समयदेखि चलिरहेको बहस

प्रहरी सङ्गठन जनताका पहिलो सरकार हो : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली जनताका

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य शैलीमा

निजामती सेवामा समावेशी समूहको दुईतिहाई प्रतिनिधित्व भएको छ : अध्यक्ष रेग्मी

काठमाडौं– लोक सेवा आयोगले मुलुकको सार्वजनिक प्रशासनमा योग्यता, निष्पक्षता र

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

काठमाडौं– लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आज प्रभातफेरी निकालिएको छ ।