एसियन खेलकुद पत्रकारको अवार्ड पाकिस्तानी पत्रकारलाई « Khabarhub

एसियन खेलकुद पत्रकारको अवार्ड पाकिस्तानी पत्रकारलाई


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल खेलकुद पत्रकार मञ्चले पहिलो पटक प्रदान गरेको एसियाली खेल पत्रकारको अवार्ड पाकिस्तानका अमजाद अजीज मलिकले प्राप्त गरेका छन् । मंगलबार आयोजित अवार्ड कार्यक्रमबाट पाकिस्तान खेलकुद लेखक एसोसियसनका अध्यक्ष मलिक अर्वाडबाट सम्मानित भएका हुन् ।

मलिकले पाकिस्तानमा रहेर आफ्नो जीवनकालमा एसियाली खेल पत्रकारिताको विकासमा महत्वपूर्ण भूमिका खेलेको भन्दै मञ्चले उनलाई अवार्डसहित सम्मानित गरेको हो ।

खेल पत्रकारीतासँगको उनको यात्रा ३५ वर्ष लामो रहेको मञ्चले जनाएको छ । उनले ओलम्पिक खेलदेखि साग गेम्स लगायत सबै खुलकुदलाई महत्वपूर्ण स्थान दिएर समाचार संकलन गर्दै खेलकुद विकासमा योगदान गरेका छन् ।

मलिकले अहिलेसम्म खेलकुदसम्बन्धी १२ किताब प्रकाशन गरीसकेका छन् भने ३ सय भन्दा धेरै अनुसन्धान गरेका जनाइएको छ । यस्तै, मलिक सन् १९९९ र २००० मा उत्कृष्ट कमेन्टेटरको अवार्डबाट सम्मानित भएका थिए । मलिकले अवार्डसहित ५० हजार नगद प्राप्त गरेका छन् ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  ५ : १० बजे

क्यानाडामाथि ट्रम्पको कडा कदम, ५० प्रतिशत कर थप्ने घोषणा

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाली वस्तुमा ५० प्रतिशतसम्म

अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो

जनकपुरधाम– डिभिजन वन कार्यालय लहान सिरहाले जिल्लाको विभिन्न वन क्षेत्रमा

हेटौँडामा नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याइने

बागमती– हेटौँडा उपमहानगरपालिकाले नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याउने भएको छ

विश्वकप विजेता स्पेन स्वदेश फर्कियो, म्याड्रिडमा भव्य स्वागत

म्याड्रिड – विश्वकप फुटबलको उपाधि जितेर स्वदेश फर्किएको स्पेनिस राष्ट्रिय

बौद्धमा श्रीमान्‌सँगको विवादपछि आत्मदाह प्रयास, ५० प्रतिशत शरीर जल्यो

काठमाडौँ – काठमाडौँको बौद्ध गेट नजिकै श्रीमान्‌सँगको विवादपछि एक महिलाले