छोरी दिव्या पनि दिलिप रायमाझीकै बाटोमा « Khabarhub

छोरी दिव्या पनि दिलिप रायमाझीकै बाटोमा


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– हास्य कलाकार शिवहरी पौडेलको निर्माण र निर्देशनमा बन्न लागेको चलचित्रमा अभिनेता दिलिप रायमाझीकी छोरी दिव्या रायमाझीले अभिनय गर्ने पक्का भएको छ ।

दिव्या हास्य कलाकार शिवहरीले निर्माण गर्न लागको चलचित्र ‘लक्का जवान’को अभिनेत्रीमा फाइनल भएकी हुन् । दिव्याका लागि यो पहिलो चलचित्र हो । चलचित्रको सह-निर्माताका रुपमा किरण र अभिनेता दिलिप रायमाझी रहनेछन् ।

आमा बंगलामुखी फिल्म प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण हुने फिल्ममा ध्रुव पन्त र अनुसुया श्रेष्ठ पन्तको लगानी रहनेछ । फिल्म पारिवारिक तथा कमेडी कथामा निर्माण हुने निर्माण पक्षले जनाएको छ ।

चलचित्रका विषयमा निर्देशक शिवहरीले भने, ‘हो, हामीले दिव्यालाई फिल्मबाट डेब्यू गराउने पहल गरिरहेका छौं ।’

उनी अहिले अमेरिकामा छिन् । दिव्याले पनि फिल्ममा प्रवेश गर्ने इच्छा देखाएकी छिन् ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  ५ : ३० बजे

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना

मर्मतपछि राहुघाटबाट फेरि विद्युत् उत्पादन

काठमाडौं–  राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको

विपक्षी नेताहरूले अराजकता फैलाएको भाजपाको आरोप

काठमाडौं- भारतमा निर्वाचन आयोगले सञ्चालन गरेको एसआईआरको मुद्दालाई लिएर विपक्षी

अवरुद्ध पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन

रसुवा–  गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण सडक सञ्जाल