४ लाख घुससहित इन्जिनियर रंगेहात पक्राउ « Khabarhub

४ लाख घुससहित इन्जिनियर रंगेहात पक्राउ


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले खानेपानी योजनासँग ४ लाख रुपैयाँ घुस लिँदै गरेका एक इन्जिनियरलाई पक्राउ गरेको छ ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङ्जाका आठौँ तहका इन्जिनियर ओसी अख्तर महम्मदलाई चार लाख घुस लिँदै गर्दा अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको अख्तियार पोखरा कार्यालयका प्रमुख काशीराज दाहालले जानकारी दिए ।

अख्तियारका अनुसार स्याङजाकै छत्रेदेउराली खानेपानी योजनाको भुक्तानी गर्ने क्रममा महम्मदले उपभोक्तासँग उक्त रकम माग्दै आएका थिए ।

पटक–पटक रकम मागेपछि केही उपभोक्ता अख्तियार आएर जानकारी गराएका थिए । खानेपानी योजनाका लागि चेकमार्फत भुक्तानी भइसकेको रकमबाट उनले घुस मागेका थिए ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  ५ : ५१ बजे

भारतमा प्रदर्शनकारीमाथि प्रहरी दुर्व्यवहारको आरोप

नयाँदिल्ली- भारतमा मतदाता सूची संशोधनको विरोधमा भइरहेको प्रदर्शनका क्रममा प्रहरीले सांसद,

प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने

काठमाडौं– संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित चारजनाविरुद्ध उजुरी

उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार

सियोल– दक्षिण कोरियासँगको सीमामा बारुदी सुरुङ विस्फोटपछि तनाव बढिरहेका बेला

गृहमन्त्री गुरुङ भारत प्रस्थान (तस्बिरहरू)

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान गरेका छन् ।  उनी

साउदी अरब र हुथीबीच तनाव बढ्दा इरानद्वारा संवादको प्रस्ताव

एजेन्सी– इरानले साउदी अरब र यमनबीच संवाद प्रक्रिया अघि बढाउन