हङ्कङको संसदमा भएको तोडफोडप्रति चीनले भन्योः प्रदर्शनकारीले विधीको शासन कुल्चिए « Khabarhub

हङ्कङको संसदमा भएको तोडफोडप्रति चीनले भन्योः प्रदर्शनकारीले विधीको शासन कुल्चिए


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- चीनले हङ्कङको संसदमा प्रदर्शनकारीबाट भएको तोडफोडको कडा शब्दमा निन्दा गरेको छ । चीनले प्रदर्शनकारीहरुले गम्भीर गैरकानूनी काम गरेको र त्यसबाट विधिको शासन कुल्चिएको आरोप लगाएको छ ।

शान्तिपूर्ण प्रदर्शनबाट निस्केको अभियानकर्मीहरूको एउटा समूहले सोमबार विधायिकी परिषद्मा घण्टौँसम्म कब्जा जमाएको थियो । प्रदर्शनकारीलाई तितरबितर पार्न सयौँ प्रहरीले अश्रु ग्यास प्रहार गरेका थिए । चिनियाँ सरकारले ‘हिंस्रक आक्रमणकारीहरूको आपराधिक काम’बारे अनुसन्धान गर्न हङ्कङलाई आग्रह गरेको छ ।

विगतमा ब्रिटिश उपनिवेशमा रहिसकेको हङ्कङ अहिले ‘एक मुलुक, दुई प्रणाली’ अन्तर्गत चीनकै एउटा हिस्साको रूपमा रहेको छ । ‘एक मुलुक, दुई प्रणाली’अन्तर्गत हङ्कङले निश्चित तहसम्मको स्वायत्तता पाउँदै आएको छ । हङ्कङका बासिन्दाले चिनियाँ मूल भू–भागका जनताले भन्दा बढी अधिकारको उपभोग गर्दै आएका छन् ।

सुपुर्दगीसम्बन्धी विवादास्पद विधेयकको विरुद्धमा हङ्कङमा पछिल्ला केही दिनयता देखि व्यापक प्रदर्शन हुँदै आएको छ । यही क्रममा सोमबार प्रदर्शनकारीहरुको भीडले उग्ररुप लिँदा संसद भवन भित्रै छिरेर तोडफोड गरेका थिए । प्रस्तावित विधेयक पारित भएमा राजनीतिक रूपमा फरक मत राख्नेहरूलाई हङ्कङले चीनलाई सुपुर्दगी गर्न सक्ने आलोचकहरूले बताएका छन् ।

हङ्कङकी प्रमुख कार्यकारी क्यारी लामले विधायिकी परिषद्माथि तोडफोड गरेका प्रदर्शनकारीबाट चरम हिंसा भएको भन्दै त्यसको निन्दा गरेकी छन् । मङ्गलबार बिहानै पत्रकार सम्मेलनमा बोल्दै उनले भनिन्, ‘हङ्कङका विधिको शासनभन्दा महत्वपूर्ण अरू केही हुन सक्दैन ।’

यस्तै ब्रिटिश विदेशमन्त्री जेरेमी हन्टले सबै पक्षबाट भएको हिंसाको निन्दा गरेका छन् । व्यापक विरोधपछि हङ्कङ सरकारले गत महिना विवादास्पद विधेयक स्थगित गरेको थियो । तर प्रदर्शनकारीले त्यसलाई पूर्ण रूपमा खारेज गर्नुपर्ने र लामले पदबाट राजीनामा दिनुपर्ने माग गर्दै आएका छन् ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  ७ : १३ बजे

प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबारे छलफल जेठ ४ देखि

काठमाडाैं – प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेबाट

यस्ता छन् आगामी आर्थिक वर्षको बजेटका मार्गदर्शक सिद्धान्त

काठमाडाैं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सङ्घीय संसद्को दुवै सदनको

दिल्लीमा हप्तामा दुई दिन ‘घरबाट सेवा’ लागू

नयाँदिल्ली – दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले हप्तामा दुई दिन कार्यालयको

प्रतिनिधिसभा : विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत

काठमाडौं – प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री डा स्वर्णीम वाग्लेले