पेस्तोल देखाएर ४ लाख लुटपाट, लुटेरा फरार | Khabarhub Khabarhub

पेस्तोल देखाएर ४ लाख लुटपाट, लुटेरा फरार


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– रुपन्देहीमा लुटेरा समुहले पेस्तोल देखाएर चार लाख लुटपाट गरेका छन् । गैडहवा गाउँपालिका–४ का रेशमकुमारी मल्लले लुम्बिनीस्थित कृषि विकास बैंकबाट निकालेको रु चार लाख मंगलबार अपराह्न लुटपाट भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा आएका दुई व्यक्तिले लुटेर फरार भएको र उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ । सु १ ह ३३७ नम्बरको अटो रिक्सामा लुम्बिनीबाट गैडहवातर्फ जाँदै गरेकी मल्ल चढेको इरिक्सा चोकमा रोकेर पेस्तोल तेर्साएर रकम लुटेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए ।

रकम लुटपाटका लागि लुटेराहरूको गोली समेत चलाएका थिए । उक्त गोली रिक्साको टायरमा लागेकाले मानवीय क्षति नभएको प्रवक्ता भण्डारीले बताए ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  ८ : ५६ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले