एसियाका अन्य देशमा नपाइने अनौठो जनावर नेपालमा, एउटैको मूल्य ७ लाख ! « Khabarhub

एसियाका अन्य देशमा नपाइने अनौठो जनावर नेपालमा, एउटैको मूल्य ७ लाख !


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एसियाली अन्य मुलुकहरुमा नपाइने यो अनौठो जनावर नेपालमा पाइन्छ । नेपालको दोलखा र मकवानपुरमा यसको व्यावसायिक रुपमै पालिएको छ ।

मुख हेर्दा भेडाको जस्तो, पुच्छर घोडाको जस्तो र घाटीदेखि टाउकोसम्म हेर्दा उटजस्तो लाग्ने यो जनावर ऊँट, घोडा वा भेडा मध्ये कुनै पनि होइन । जर्मन भाषामा यसलाई अल्पाका भनिन्छ । नेपालीमा पनि यसलाई अल्पाका नामले नै चिनिन्छ । यो जनावर माइनस १० डिग्री सेल्सियस सम्मको चिसोमा पनि बाँच्न सक्छन् ।

मकवानपुरको चित्लाङमा यस्तो अनौठो जनावर पनि पालिएको छ । जिल्लाको थाहा नगरपालिका वडा नम्वर १० मा पर्ने बिसिङखेल भन्ने ठाउँमा यो जनावर पालिएको हो ।

अल्पकाले एक बर्षमा एक पटक मात्रै बच्चा जन्माउँछ र एक पटकमा एउटा मात्रै पाउँछ । यसको आयू २५ बर्ष सम्म हुन्छ । चित्लाङको यस फर्ममा अहिले २० बर्ष पुगेका अल्पका समेत छन् ।

विगत २० बर्षदेखि यो जनावरको हेरचाह गर्दै आएका दोलखा जिरीका गंगा जिरेलका अनुसार यो जनावरलाई पहिलो पटक जर्मनी नागरिक हार्टमुट बाउन्डरले नेपालमा भित्र्याएका थिए ।

उनले शुरुमा दोलखाको जिरीमा सौखका लागि यो जनावर पालेका थिए । मकवानपुरको बिसिङखेलमा २ बर्षदेखि अल्पका पालिँदै आएको भएता पनि नेपालमा यो जनावर भित्रिएको भने २० बर्ष भइसकेको छ ।

खासमा यो जीव दुई वटा कारणले पाल्ने गरिन्छ । पहिलो सौखका रुपमा र दोश्रो रौंँको व्यवसायिक उत्पादनका लागि । यसको रौं प्रतिकिलो ७० हजारदेखि एक लाख रुपैंयासम्म पर्छ । यसको रौं भेडाको भन्दा ५ गुणासम्म न्यानो हुन्छ । सिंगो अल्पकाको मूल्य ५ लाखदेखि माथी पर्छ ।

यसको रौं बाट बनाइएका ज्याकेटहरु जाडोमा न्यानो हुने र गर्मीमा चिसो हुने हुँदा यो जनावरको रौंबाट बनेका ज्याकेटको मुल्य पनि सामान्य ज्याकेट भन्दा महंगा हुन्छ। अहिले अल्पका हेर्नका लागि विभिन्न ठाउँबाट मान्छेहरु मकवानपुरको बिसिंखेल पुग्ने गरेका छन् । यसले त्यहाँको पर्यटकीय आर्कषण पनि बढाएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  ६ : १९ बजे

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले

ट्रम्प-सी भेटमा एआई प्रतिस्पर्धा मुख्य एजेन्डा

एजेन्सी– चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आगामी

जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सुरु

कैलाली– कैलालीका दुई स्थानीय तहमा जापानिज इन्सेफलाइटिस (जेई) विरुद्धको खोप

चिलिमेमा भेटिएका पाँच कर्मचारीको शव परिवारलाई हस्तान्तरण

रसुवा– चिलिमे जलविद्युत् केन्द्रमा फसेका पाँच कर्मचारीको शव सम्बन्धित परिवारजनलाई

हुम्लाको चङ्खेलीमा बाह्रै महिना अवैध जडीबुटी संकलन

हुम्ला– चङ्खेली गाउँपालिकाका विभिन्न वनमा बाह्रै महिना अवैध ढङ्गले जडीबुटी