उत्तर कोरियाले अर्को क्षेप्यास्त्र प्रहार गर्‍यो « Khabarhub

उत्तर कोरियाले अर्को क्षेप्यास्त्र प्रहार गर्‍यो


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-नयाँ अश्त्र निर्माण र लगातारको क्षेप्यास्त्र प्रहारका कारण चर्चामा रहेको उत्तर कोरियाले फेरि अर्को क्षेप्यास्त्र प्रहार गरेको छ । उत्तर करियाले एक हप्ताको अविधमा दुई पटक छोटो दूरीको क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाका अधिकारीहरूले बताएका छन्।

स्थानीय समय अनुसार शुक्रवार बिहान सबेरै देशको पूर्वी तटीय क्षेत्रमा ती परीक्षण गरिएका थिए। अमेरिका र दक्षिण कोरियाबीच यसै महिना संयुक्त सैन्य अभ्यास गर्ने योजनाप्रतिको प्रतिक्रियाको रूपमा परीक्षणहरूलाई लिइएको छ।

दक्षिण कोरियाको सेनाका जोइन्ट चीफ एप स्टाफ (जेसीएस) का अनुसार स्थानीय समय अनुसार विहान ०२:५९ र ०३:२३ मिनेटमा गरिएका ती प्रहार सी अफ जापानमा खसेको बीबीसीले जनाएको छ ।

फेडरेसन अफ अमेरिकन साइन्टिस्टस् सम्बद्ध अङ्कित पाण्डाका अनुसार यसअघि प्रयोग नभएको क्षेत्र अहिले क्षेप्यास्त्र परीक्षणस्थलको रूपमा देखिएको छ। ह्वाइट हाउसमा बोल्दै राष्ट्रपति डोनल्ड ट्रम्पले पछिल्ला परीक्षणहरू छोटो दूरीका र निकै सामान्य भएको भन्दै त्यसबाट आफू चिन्तित नभएको बताएका छन्।

बुधवार उत्तर कोरियाले परिक्षण गरेका दुईवटा क्षेप्यास्त्रले २५० किलोमिटर दूरी पार गरेको दक्षिणले बताएको थियो।

तर बिहीवार प्योङयाङले विस्तृत विवरण नदिएरै आफूले नयाँ क्षेप्यास्त्र प्रहार प्रणालीको परीक्षण गरेको जनाएको थियो। जुलाई २५ मा उत्तरले गरेका दुईवटा क्षेप्यास्त्र परीक्षणमध्ये एउटाले ६९० किलोमिटर दूरी पार गरेको थियो।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  ६ : ५९ बजे

काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता

बनेपा – सेवाग्राहीलाई प्राथमिकताका आधारमा सहज र छिटो सेवा उपलब्ध

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–६ डुम्रीडाँडामा आज साँझ बोलेरो जिप

‘विद्युत् व्यापारका लागि भारत भ्रमणमा दीर्घकालीन सम्झौता आवश्यक’

हामीसँग जे छ, जतिवेला छ, त्यसलाई त्यतिवेला नै व्यापार (ट्रेड)

‘भारतसँगको सम्बन्धलाई नयाँ शिराबाट अघि बढाउनुपर्छ’

काठमाडौँ– नेपालबाट भारततर्फ धमाधम उच्चस्तरीय भ्रमणहरु भइरहेका छन् । सोमबार