विप्लव नेकपाको पोलिटव्युरो र स्थायी कमिटी भंग « Khabarhub

विप्लव नेकपाको पोलिटव्युरो र स्थायी कमिटी भंग


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले संगठनलाई थप चलायमान बनाउन भन्दै पोलिटब्यूरो र स्थायी कमिटी भङ्ग गरेको छ । पार्टीनिकट स्रोतका अनुसार विप्लवले पोलिटव्युरो र स्थायी कमिटी भंग गरी सचिवालय गठन गरेका छन् ।

पार्टीको आन्तरिक रणनीति मजबुद बनाउन तथा पार्टी भित्र शुद्धिकरणका लागि भन्दै विप्लवले पार्टीको जिम्मेवारीमा रहेका केहि नेताहरुलाई हटाएर ५ सदस्यीय सचिवालय गठन गरेका हुन् । विप्लवकै नेतृत्वमा सचिवालय गठन भएको भए पनि अन्य सदस्य को को राखिएको छ भन्ने विषय खुलाइएको छैन ।

पार्टीका केहि शीर्ष नेताहरु पक्राउ परेपछि उनीहरुको रिक्त स्थानलाई परिपूर्ति गर्न र पार्टीलाई थप चलायमान बनाउन नयाँ रणनीतिका साथ पार्टी अघि बढेको नेपाल कम्युनिस्ट पार्टीले जनाएको छ ।

सुराकी गरी पार्टीलाई कमजोर बनाउने अभियानमा लागेका व्यक्तिलाई कारबाही स्वरुप पनि पार्टीको जिम्मेवारीबाट हटाइएको विप्लव नेकपाले जनाएको छ ।

राजनीतिक विश्लेषकहरुले भने पार्टीलाई मजबुद बनाउन तथा नयाँ रणनीतिका साथ अघि बढ्न स्थायी कमिटी र पोलिटव्युरो विगठन गरेको हुनसक्ने बताएका छन् । विप्लवले नयाँ रणनीति कार्यान्वयन गर्न सहज होस् भन्नका लागि पोलिटव्युरो र स्थायी कमिटी भंग गरेको हुनसक्ने पूर्वगृहसचिव श्रीकान्त रेग्मीले बताए ।
उनले पार्टीलाई पुनर्सङ्गठित गर्न र नयाँ ढंगबाट अघि बढ्नका लागि यो रणनीति लिएको हुन सक्ने आंकलन गरे ।

प्रहरीले उपत्यका ब्यूरो इन्चार्ज माइला लामालाई काठमाडौंबाट पक्राउ गरेपछि रिहाइको माग गर्दै पार्टीले विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । लामा पहिलो संविधानसभा निर्वाचनमा काठमाण्डू क्षेत्र नं. ९ बाट उठेका थिए र नेपाली कांग्रेसका उम्मेदवार ध्यानगोविन्द रञ्जितसँग पराजित भएका थिए।

सरकारले चन्द नेतृत्वको नेकपाका ‘हिंसात्मक गतिविधि’ माथि प्रतिबन्ध लगाएयता प्रहरीले उसका ठूला नेतालाई पक्राउ गर्ने रणनीति लिएको देखिन्छ। यसअघि नेकपाका मध्य केन्द्रीय कमान्ड इन्चार्ज तथा स्थायी कमिटी सदस्य हेमन्तप्रकाश ओली पक्राउ परेका थिए। त्यसभन्दा पहिले नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा पटकपटक पक्राउ पर्दै अदालतको आदेशमा छुटेका थिए।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  ७ : १८ बजे

देवानगञ्ज घटना : तनाव बढ्दै गएपछि सडकमा सेना, केन्द्रीय सुरक्षा समितिको बैठक डाकियो

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध

ओलीको नाम लेखिएको शिलालेखबारे मन्त्री लम्सालको जवाफ : त्यसलाई हामी फेरि पुनर्स्थापना गर्छौँ

काठमाडौं- पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा

दूध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान

गण्डकी– आर्थिक वर्ष २०८२/८३ मा गण्डकी प्रदेशका ११ हजार २३२

समस्याहरू समाधान गर्दै सरकार अघि बढिरहन्छ : शिक्षामन्त्री पोखरेल

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलले विभिन्न क्षेत्रमा देखिएका समस्याहरूको समाधान गर्दै