आजको मौसम : चट्याङसहित पानी पर्ने सम्भावना, सतर्क रहन आग्रह « Khabarhub

आजको मौसम : चट्याङसहित पानी पर्ने सम्भावना, सतर्क रहन आग्रह


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मनसुनको न्यून चापिय रेखा नेपालतर्फ सरेसँगै फेरि मनसुन सक्रिय हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो सँगै केहि दिनदेखि कमजोर देखिएको मनसुनी गतिविधि पुनः सक्रिय हुने मौसमविद् बरुण पौडेलले बताए ।

मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू-भागभन्दा दक्षिणतिर रहेकाले केहिदिन वर्षा रोकिएको थियो । अब यो रेखा बिस्तारै उत्तरतिर (नेपाल तर्फ) सरेकाले पानी पर्ने सम्भावना बढेको हो ।

महाशाखाका अनुसार आज (शुक्रबार) देशभर सामान्य बदली भई केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित वर्षा हुने महाशाखाले जनाएको छ। देशका केही स्थानमा मेघ गर्जनसहित तथा पश्चिम पहाडका एक/दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेकोले सचेत रहन महाशाखाले आग्रह गरेको छ । महाशाखाले २४ घण्टे चेतावनी जारी गर्दै देशको केही स्थानमा मेघ गर्जन र चट्याङ्ग पर्ने सम्भावना हुँदा सतर्कता अपनाउन आवश्यक देखिएको छ ।

महाशाखाले जारी गरेको तीन दिनको मौसम पूर्वानुमान यस्तो छ:

साउन १७ गते (शुक्रबार)

दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली हुने केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

राति: देशभर आंशिकदेखि सामान्य बदली हुँदा देशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । पश्चिमी पहाडि भू-भागका एक वा दई स्थानमा भारी वर्षाको सम्भावना छ |

साउन १८ गते (शनिबार )

दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली भएर केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

राति: देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ ।

साउन १९ गते (आईतबार )

दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।

राति: देशभर आंशिकदेखि सामान्य बदली रही देशको पश्चिमि भू-भागका केही स्थानहरुमा तथा मध्य र पुर्वका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  ९ : ३६ बजे

इजिप्टमा बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धको तयारी

कायरो – इजिप्टको संसद्ले युवा किशोरहरूलाई सामाजिक सञ्जालबाट हुने जोखिमबाट

म मधेस बुझ्न आएको हुँः सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगन थापाले आफू मधेस पढ्न

अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्येष्‍टि गरेपछि…

सिरहा– लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको शव लिएर अर्कैले

काठमाडौंबाट सर्लाही ओर्लिएका सभापति थापाले भने, ‘मधेशको गुन तिर्न आएको हुँ’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशले सिंगो नेपाल, लोकतन्त्र