आजको मौसम : चट्याङसहित पानी पर्ने सम्भावना, सतर्क रहन आग्रह « Khabarhub

आजको मौसम : चट्याङसहित पानी पर्ने सम्भावना, सतर्क रहन आग्रह


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मनसुनको न्यून चापिय रेखा नेपालतर्फ सरेसँगै फेरि मनसुन सक्रिय हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो सँगै केहि दिनदेखि कमजोर देखिएको मनसुनी गतिविधि पुनः सक्रिय हुने मौसमविद् बरुण पौडेलले बताए ।

मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू-भागभन्दा दक्षिणतिर रहेकाले केहिदिन वर्षा रोकिएको थियो । अब यो रेखा बिस्तारै उत्तरतिर (नेपाल तर्फ) सरेकाले पानी पर्ने सम्भावना बढेको हो ।

महाशाखाका अनुसार आज (शुक्रबार) देशभर सामान्य बदली भई केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित वर्षा हुने महाशाखाले जनाएको छ। देशका केही स्थानमा मेघ गर्जनसहित तथा पश्चिम पहाडका एक/दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेकोले सचेत रहन महाशाखाले आग्रह गरेको छ । महाशाखाले २४ घण्टे चेतावनी जारी गर्दै देशको केही स्थानमा मेघ गर्जन र चट्याङ्ग पर्ने सम्भावना हुँदा सतर्कता अपनाउन आवश्यक देखिएको छ ।

महाशाखाले जारी गरेको तीन दिनको मौसम पूर्वानुमान यस्तो छ:

साउन १७ गते (शुक्रबार)

दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली हुने केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

राति: देशभर आंशिकदेखि सामान्य बदली हुँदा देशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । पश्चिमी पहाडि भू-भागका एक वा दई स्थानमा भारी वर्षाको सम्भावना छ |

साउन १८ गते (शनिबार )

दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली भएर केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

राति: देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ ।

साउन १९ गते (आईतबार )

दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।

राति: देशभर आंशिकदेखि सामान्य बदली रही देशको पश्चिमि भू-भागका केही स्थानहरुमा तथा मध्य र पुर्वका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  ९ : ३६ बजे

विश्वकप: मेसी र रोनाल्डोसहित यी हुन् १० स्टार खेलाडी

काठमाडौँ – लियोनेल मेसीको जादुयी खुट्टा, क्रिस्टियानो रोनाल्डोको एक्रोबेटिक प्रहार,

बीमा रकम भुक्तानी सहजतातर्फ, १५ अर्ब रकम विनियोजन, विगतको बक्यौता पठाइँदै

काठमाडौँ– स्रोतको अभावजस्ता कारणहरूले अघिल्ला वर्षहरूमा समस्याको विषय बनेको स्वास्थ्य

बीस विद्यालयलाई ल्यापटप वितरण

हुम्ला– हुम्ला जिल्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आफ्ना मातहतमा रहेका

हुम्लाका विद्यालयलाई फुटबल सहयोग

हुम्ला– अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सहयोगमा यहाँ विद्यालयस्तरमा फुटबल

संघीयता सबलीकरणसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका विभिन्न दुईवटा समितिका बैठक