टेस्ट क्रिकेटमा स्मिथको उत्कृष्ट कमब्याकमा अस्टेलियाको सम्मानजनक योगफल « Khabarhub

टेस्ट क्रिकेटमा स्मिथको उत्कृष्ट कमब्याकमा अस्टेलियाको सम्मानजनक योगफल


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्व कप्तान स्टिभ स्मिथले शतक प्रहार गर्दा एसेज शृङ्खलामा अस्टेलियाले सम्मानजनक योगफल बनाउन सकेको छ ।

इङ्ल्यान्डको बर्मिङ्घमस्थित एड्बास्टनमा टस जितेर पहिलो ब्याटिङ गरेको अस्ट्रेलियाले कमजोर सुरुवात गरेपनि मध्येक्रमका ब्याट्सम्यान स्मिथले टिकेर खेल्दा सम्मानजनक अवस्थामा पुगेको हो ।

पहिलो दिनको खेल सकिँदा पाहुना टोली अस्ट्रेलियाले सबै विकेट गुमाएर २ सय ८४ बनायो। त्यसलगत्तै ब्याटिङ थालेको इङ्ल्यान्डले बिना विकेटको क्षतिमा १० रन बनाएर खेलिरहेको छ।

यसअघि पहिलो ब्याटिङ गरेको अस्ट्रेलियाका ब्याट्सम्यान स्मिथले २सय१५ बलको सामना गर्दै १सय४४ रन बनाएका थिए । उनले १६ चौका र २ छक्का प्रहार गरेका थिए । पिटर सिडलले ४४, ट्रभिस हेडले ३५ रन जोडे। नाथन लियोनले अविजित १२ रन बनाउँदा उस्मान ख्वाजाले १३ रन बनाएका थिए । घरेलु टोलीका लागि तीव्र गतिका बलर स्टुवार्ट ब्रोडले ५ विकेट लिए । यस्तै, क्रिस वक्सले ३ तथा मोइन अली र बेन स्टोक्सले १–१ विकेट लिए।

सन् २०१८ मा दक्षिण अफ्रिकाविरुद्धको खेलमा बल टेम्परिङ काण्डमा मुछिएपछि स्मिथले अन्तर्राष्ट्रिय खेलमा झण्डै १ बर्षको प्रतिबन्ध खेप्नु परेको थियो । निलम्बन फुकुवा भएपछि स्मिथले खेलेको एसेज शृङ्खला नै पहिलो टेस्ट हो ।

यस्तै, वर्ल्ड टेस्ट च्याम्पियनसिपको पहिलो टेस्ट हो ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  १० : ३७ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको