भारतीय पत्रकार रवीस कुमारले पाए रामोन म्यागसेसे पुरस्कार « Khabarhub

भारतीय पत्रकार रवीस कुमारले पाए रामोन म्यागसेसे पुरस्कार


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतका चर्चित पत्रकार रवीस कुमारले सन् २०१९ को प्रतिष्ठित रामोन म्यागसेसे पुरस्कारबाट सम्मानित भएका छन् ।

पत्रकार रवीस कुमारले एसियामा साहसिक तथा परिवर्तनकारी नेतृत्व निभाएको उल्लेख गर्दै उनले उक्त पुरस्कार प्रदान गरिएको हो ।

रामोन म्यागसेसे पुरस्कार फाउन्डेसनका अनुसार रवीस कुमारले पत्रकारिताको माध्यमबाट आवाजविहीनहरुको अवाजलाई मुलधारमा ल्याउने प्रयत्न गरेका छन् । जसका कारण उनलाई उक्त पुरस्कार प्रदान गरिन लागिएको हो ।

पत्रकार रवीस कुमार भारतीय टेलिभिजन च्यानल एनडीटीभीका म्यानेजिङ इडिटर हुन् ।

रवीस कुमारका अतिरिक्त २०१९ को रामोन म्यागसेसे अवार्डबाट म्यानमारका को स्वी विन, थाइल्याण्डकी अंगखाना नीलापाइजित, फिलिपिन्सका रेमुण्डो पुजान्ते र दक्षिण कोरियाका किम जोङ–की सम्मानित भएका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  ११ : ३१ बजे

सुर्खेतमा एक विद्यार्थी मृत भेटिए 

सुर्खेत– सुर्खेतमा लोकसेवा आयोगको तयारी गरिरहेका अछामका एक विद्यार्थी भाडाको

रातभर मनाएर सकियो तलेजुको जात्रा

भक्तपुर– विजयादशमीका दिन मध्यरातिबाट भक्तपुरमा सुरु भएको पायःद्यो अर्थात् खड्ग

तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा

काठमाडौँ– नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित निःशुल्क बस

नदी कटान रोक्न तटीय क्षेत्रमा वृक्षरोपण

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थित खल्लागोठमा मछेली नदीको कटान रोक्न

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका लागि