धुवाँ धुलोका कारण लाग्न सक्छ दम, यी हुन् लक्षण « Khabarhub

धुवाँ धुलोका कारण लाग्न सक्छ दम, यी हुन् लक्षण


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दम भनेको श्वास प्रश्वाससित सम्बन्धित रोग हो । वातावरणीय प्रदुषण, धुवाँ धुलो, चिसो तथा फूल फूल्ने मौसममा फूलको परागको कणबाट हुने विभिन्न एलर्जीका कारण जुनसुकै उमेर समूहका मानिसलाई दम हुन सक्दछ ।

यदि कसैलाई एलर्जी छ र त्यो लामो समयसम्म रहृयो भने मानिसलाई दम  हुने गर्दछ । आस्थमामा श्वास प्रश्वासका कोषिकाहरुले एक प्रकारको इन्जाइम उत्पादन गर्दछन्, जसले फोक्सोको मांसपेशीहरुलाई खुम्च्याई श्वास प्रश्वास नलीमा व्यवधान उत्पन्न गराउँछ र मानिसलाई श्वास फेर्नमा अप्ठेरो महसुस भई खोकी लाग्ने, स्वाँ(स्वाँ हुने, छाती कस्सिने लगायतका लक्षण हुने गर्दछन् । चुरोट खाने र धुवाँमा बस्ने कारणले हुने दमखोकीलाई सीओपीडी भनिन्छ ।

दम किन हुन्छ ?

दम  बिभिन्न कारणले लाग्ने गर्दछ । तिमध्ये केही प्रमुख कारणहरु यस्ता छन् ।

– वंशाणुगत

–वातावरणीय प्रदुषण

–मौसम परिवर्तन

चुरोट खानेलाई पनि दम, खोकी हुन्छ । आईएलडीमा पनि दम खोकी हुन्छ । त्यस्तै, क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज सीओपीडी, टिबी अर्थात क्षयरोग, निमोनिया भएका विरामीहरुमा पनि दम तथा खोकीको समस्या देखा पर्ने गर्छ ।

दमकाे लक्षण

–हाछ्यूँ आउने,

–घाँटी खसखसाउने,

–नाक, कान, घाँटी चिलाउने,

–नाक बन्द हुने,

–पानी जस्तो पातलो सिगान बग्ने,

–खोकी लाग्ने,

–स्वाँ–स्वाँ हुने,

–सास फेर्न कठिनाई हुने,

–छाती कसिने  समस्या हुन्छ ।

उपचार

यदि कसैलाई वायु प्रदुषण, मौसमी परिवर्तन लगायतका बाह्य कारणले आस्थमा भएको देखिएमा सो मौसममा नियमित औषधि सेवन तथा निरन्तरको उपचारबाट यो रोग पूर्णरुपमा निको पार्न सकिन्छ । तर यदि उक्त व्यक्तिलाई वशांणुगत कारणले आस्थमा भएको छ भने चाहिँ त्यो पूर्णरुपमा निको नहुन पनि सक्दछ ।

कसरी जोगिने

–धुवाँ, धुलोलगायतका वातावरणीय प्रदुषणबाट जोगिनु पर्दछ ।

–गुणस्तरीय मास्कको प्रयोग गर्नुपर्दछ ।

–भुत्ला वा रौं भएका पशुपंक्षीबाट टाढै बस्नुपर्दछ ।

– एलर्जी हुने काम वा चिजबाट टाढै रहनु बेश हुन्छ । यस्ता एलर्जी भइहाल्यो भने तुरुन्त उपचार गर्नुपर्छ ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  १२ : ११ बजे

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग

अन्तराष्ट्रिय डेरी एक्स्पो २५ गतेदेखि भरतपुरमा आयोजना हुने

काठमाडौं– अन्तराष्ट्रिय डेरी एक्स्पो २०८२, पुस २५ गतेदेखि चितवनको भरतपुरमा