संसद् फर्काउनुपर्ने मागसहित एमाले दिएको रिट सर्वोच्चमा दर्ता, मंसिर १७ लाई तोकियो पेशी « Khabarhub

संसद् फर्काउनुपर्ने मागसहित एमाले दिएको रिट सर्वोच्चमा दर्ता, मंसिर १७ लाई तोकियो पेशी


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत भदौ २७ गते विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेकपा (एमाले) ले दायर गरेको रिट सर्वोच्च अदालतले दर्ता गरेको छ ।

एमालेको तर्फबाट पूर्वप्रमुख सचेतक महेश बर्तौला र पूर्वसचेतक सुनिता बरालले दायर गरेको रिट बुधबार दर्ता गरिएको हो ।

सर्वोच्च प्रशासनले उक्त रिटमा आगामी मंसिर १७ गते पेशी तोकिएको छ । एमालेले रिटमा राष्ट्रपति कार्यालय, अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयोग र संसद् सचिवालयलाई विपक्षी बनाएको छ ।

प्रधानमन्त्रीमा कार्कीको नियुक्ति र प्रतिनिधिसभा विघटन दुवै असंवैधानिक रहेको दाबीसहित एमालेले बदरको माग गरेको छ ।

एमालेले प्रधानमन्त्रीमा कार्कीको नियुक्ति बदर गरी संविधानको धारा ७६ बमोजिमको प्रक्रिया सुरू गर्नु भनी आदेश दिन पनि माग गरेको छ।

एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै मंगलबार रिट दायर गरेको थियो । एमालेको संसदीय दल (विघटित प्रतिनिधिसभा)को तर्फबाट बर्तौला र बरालले रिट निवेदन सर्वोच्चमा दायर गरेका थिए ।

त्यस्तै रिट निवेदनमा प्रतिनिधिसभाको सदस्य नभएको, सर्वोच्च अदालतको प्रधान न्यायाधीश भइसकेको व्यक्ति, कुनै राजनैतिक दलको संसदीय दलले समर्थन नगरेको, धारा ७६ तथा धारा १३२(२) विपरीत गैर संवैधानिक तवरले नियुक्त भएका प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति प्रथम दृष्टिमै असंवैधानिक भएकाले नियुक्ति बदर गर्न समेत माग गरिएको एमाले नेता महेश बर्तौलाले जानकारी दिए ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पदबाट राजीनामा दिई सकेको अवस्थामा नयाँ सरकार गठनको लागि संविधानको धारा ७६ बमोजिमको प्रक्रिया प्रारम्भ गर्नु भनी राष्ट्रपतिको नाममा परमादेश जारी गर्न समेत माग गरिएको बर्तौलाले बताए ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ५ : ०५ बजे

नैनसिंह महरलाई महामन्त्रीमा अघि बढाउने डडेल्धुरा कांग्रेसको सर्वसम्मत निर्णय

डडेल्धुरा- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेता नैनसिंह महरलाई महामन्त्री पदको

पहिरोका कारण सोलुखुम्बु-काठमाडौं आवागमन बन्द

सोलुखुम्बु– सोलुखुम्बुको स्थलमार्गबाट प्रवेश गर्ने मुख्य नाकामा सडक भासिएपछि जिल्ला

राष्ट्रसङ्घको मुख्यालयमा ‘सगरमाथादेखि समुद्रसम्म’ नामक कार्यक्रम आयोजना

काठमाडौं- जलवायु परिवर्तन विषयलाई विश्वसामु बलियो रूपमा उठाउन नेपालले संयुक्त

साउदी–पाकिस्तान–टर्कीबीच सैन्य क्षमता र सुरक्षा सहकार्य विस्तारमा जोड

एजेन्सी– साउदी अरब, पाकिस्तान र टर्कीएका सैन्य प्रमुखहरूले शुक्रबार रियादमा

तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

काठमाडौं– पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु