धुवाँ धुलोका कारण लाग्न सक्छ दम, यी हुन् लक्षण « Khabarhub

धुवाँ धुलोका कारण लाग्न सक्छ दम, यी हुन् लक्षण


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दम भनेको श्वास प्रश्वाससित सम्बन्धित रोग हो । वातावरणीय प्रदुषण, धुवाँ धुलो, चिसो तथा फूल फूल्ने मौसममा फूलको परागको कणबाट हुने विभिन्न एलर्जीका कारण जुनसुकै उमेर समूहका मानिसलाई दम हुन सक्दछ ।

यदि कसैलाई एलर्जी छ र त्यो लामो समयसम्म रहृयो भने मानिसलाई दम  हुने गर्दछ । आस्थमामा श्वास प्रश्वासका कोषिकाहरुले एक प्रकारको इन्जाइम उत्पादन गर्दछन्, जसले फोक्सोको मांसपेशीहरुलाई खुम्च्याई श्वास प्रश्वास नलीमा व्यवधान उत्पन्न गराउँछ र मानिसलाई श्वास फेर्नमा अप्ठेरो महसुस भई खोकी लाग्ने, स्वाँ(स्वाँ हुने, छाती कस्सिने लगायतका लक्षण हुने गर्दछन् । चुरोट खाने र धुवाँमा बस्ने कारणले हुने दमखोकीलाई सीओपीडी भनिन्छ ।

दम किन हुन्छ ?

दम  बिभिन्न कारणले लाग्ने गर्दछ । तिमध्ये केही प्रमुख कारणहरु यस्ता छन् ।

– वंशाणुगत

–वातावरणीय प्रदुषण

–मौसम परिवर्तन

चुरोट खानेलाई पनि दम, खोकी हुन्छ । आईएलडीमा पनि दम खोकी हुन्छ । त्यस्तै, क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज सीओपीडी, टिबी अर्थात क्षयरोग, निमोनिया भएका विरामीहरुमा पनि दम तथा खोकीको समस्या देखा पर्ने गर्छ ।

दमकाे लक्षण

–हाछ्यूँ आउने,

–घाँटी खसखसाउने,

–नाक, कान, घाँटी चिलाउने,

–नाक बन्द हुने,

–पानी जस्तो पातलो सिगान बग्ने,

–खोकी लाग्ने,

–स्वाँ–स्वाँ हुने,

–सास फेर्न कठिनाई हुने,

–छाती कसिने  समस्या हुन्छ ।

उपचार

यदि कसैलाई वायु प्रदुषण, मौसमी परिवर्तन लगायतका बाह्य कारणले आस्थमा भएको देखिएमा सो मौसममा नियमित औषधि सेवन तथा निरन्तरको उपचारबाट यो रोग पूर्णरुपमा निको पार्न सकिन्छ । तर यदि उक्त व्यक्तिलाई वशांणुगत कारणले आस्थमा भएको छ भने चाहिँ त्यो पूर्णरुपमा निको नहुन पनि सक्दछ ।

कसरी जोगिने

–धुवाँ, धुलोलगायतका वातावरणीय प्रदुषणबाट जोगिनु पर्दछ ।

–गुणस्तरीय मास्कको प्रयोग गर्नुपर्दछ ।

–भुत्ला वा रौं भएका पशुपंक्षीबाट टाढै बस्नुपर्दछ ।

– एलर्जी हुने काम वा चिजबाट टाढै रहनु बेश हुन्छ । यस्ता एलर्जी भइहाल्यो भने तुरुन्त उपचार गर्नुपर्छ ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  १२ : ११ बजे

लगातार ८ वर्ष फ्लप र कान्ट्रोभर्सीपछि साम्राज्ञीले साइन गरिन् फिल्म

काठमाडौं – प्राइममा रहेका हिरो अनमोल केसीको नायिकाका रुपमा फिल्म

डलर साटिदिने भन्दै ठगी गरेको आरोपमा चारजना पक्राउ

काठमाडौं– डलर साटिदिने भनी प्रलोभनमा पारेर रकम लुटपाट गर्ने चार

लागूऔषधसहित दुईजना नियन्त्रणमा

वीरगञ्ज– प्रहरीले आज लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।  पर्साको

न्युयोर्क टाइम्स लेख्छ : मिसाइल संकट चुलिएपछि ट्रम्पले इरानमाथिको ठूलो आक्रमण रोके

न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सेनासँग हवाई प्रतिरक्षा मिसाइलको