भृकुटीमण्डपमा तीज महोत्सव सुरु, जाने होइन त ? « Khabarhub

भृकुटीमण्डपमा तीज महोत्सव सुरु, जाने होइन त ?


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिन्दू नारीहरुको पर्व तीजको अवसरमा राजधानीको भृकुटीमण्डपमा महोत्सव शुरु भएको छ ।

महिला श्रृजनशील केन्द्रको आयोजना तथा इभेन्ट संसार डटकमको व्यवस्थापनमा ‘श्रृजनशील उद्यमी मेला २०७६’ विहीवारबाट सुरु भएको हो ।

५ दिनसम्म चल्ने उक्त मेलालाइ ‘तीज महोत्सव २०१९’ नाम दिइएको छ । प्रदर्शनीमा श्रंगारका सामानले झिलीमिली देखिएका छन् ।
विहीवारदेखि सुरु भएको मेलामा शुक्रवार महिलाहरुको चहलपहल बढ्दै गएको छ ।

चुरा, पोते, टिका, धागो र सारी किन्नका लागि महिलाहरुको भीड लागेको छ भने अवलोकन गर्न आउनेहरुको संख्या पनि उत्तिकै देखिन्छ ।
मेलामा १ सय ९२ वटा स्टलहरु राखिका छन् । मेलामा महिला उद्यमी तथा विभिन्न संघ संस्थाले आफ्ना स्टलहरु राखेका छन् ।

५ दिनको कार्यक्रममा ५० हजारभन्दा बढिले अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ ।

महिलाहरुको आत्मविश्वास बढाएर क्षमता विकास अभिवृद्धि गर्दै उनीहरुलाइ श्रृजनशील बनाउँदै उद्यमशीलतामा अगाडी बढाउनु नै संस्थाको उद्धेश्य रहेको महिला श्रृजनशील केन्द्रकी अध्यक्ष मिलु थापाले बताइन् ।

‘हरितालिका तीज नजिकिँदै छ’ उनले भनिन्, ‘दिदीबहिनीहरुका लागि यो मेला निकै उपयोगी हुनेछ’ ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  ११ : ४२ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु