झापाको चन्द्रगढी विमानस्थलमा थ्रीनट थ्री राइफलको गोलीसहित एक यात्रु पक्राउ | Khabarhub Khabarhub

झापाको चन्द्रगढी विमानस्थलमा थ्रीनट थ्री राइफलको गोलीसहित एक यात्रु पक्राउ


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– झापाको चन्द्रगढी विमानस्थलमा १ जना व्यक्ति थ्रीनट ग्री राइफलमा लाग्ने १ राउण्ड गोलीसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा इलामको सूर्योदय नगरपालिका–४ का ३८ वर्षीय सुरेश राई छन् ।

प्रहरीका अनुसार राई सौर्य एयरलाइन्सको विमानमार्फत झापाबाट काठमाडौं जान लागेका थिए ।

विमानस्थलको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले एक्सरे मेसिनमार्फत जाँच गर्दा उनको लगेजमा गोलीजस्तो देखिने वस्तु फेला पारेका थिए ।

झोला खोलेर हेर्दा उनको लगेजबाट थ्रीनट थ्री राइफलमा लाग्ने १ राउण्ड गोली फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले राईलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  १ : २० बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास