खैरो हेरोइनसहित ४ जना पक्राउ « Khabarhub

खैरो हेरोइनसहित ४ जना पक्राउ


२८ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट प्रहरी वरिष्ठ नायब निरीक्षक जीवन गुरुङको कमाण्डमा खटिएको प्रहरी टोलीले भजनी नगरपालिका– ५ लालबोझीस्थित सडकमा चेकजाँच गर्ने क्रममा लागू औषधसहित उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भजनी नगरपालिका– ४ का २५ वर्षीय मनोज चौधरी, सोही स्थानका २१ वर्षीय बिक्रम चौधरी र २८ वर्षीय हनुमान चौधरी तथा घोडाघोडी नगरपालिका– १२ का २१ वर्षीय विशाल चौधरी रहेका छन् ।

उनीहरूको साथबाट ५ ग्राम ६७० मिलिग्राम लागूऔषध (खैरो हेरोइन), से ३ प ९२३६ र ग ६ प ८३७९ नम्बरका दुई वटा मोटरसाइकलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका चारै जनालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय भजनीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  ९ : २३ बजे

खहरे खोलाको पहिरो अध्ययन गर्न विज्ञ बोलाइने

चितवन– नारायणगढ-मुग्लिन सडकखण्डको खहरे खोलामा एकाएक पहिरो झरेपछि अध्ययनका लागि

सद्भावको सन्देश लिएर जिल्ला जान आफ्ना सांसदहरुलाई रविको निर्देशन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरुलाई सद्भावको

सामाजिक सञ्जाल र पत्रकारलाई एकै घानमा हालेर सञ्चारमन्त्रीले लगाए भ्रम फैल्याएको आरोप

काठमाडौं- सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले सुनसरीसहित मधेश प्रदेशका

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

रास्वपा बैठकमा रविको आक्रोश– ‘पद चाहिए मलाई भन्नू, मिडियालाई होइन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एक महिनापछि बुधबार