कम्प्युटर गेम खेलेर यी १६ वर्षीय किशोरले जिते ३३ करोड नेपाली रुपैयाँ « Khabarhub

कम्प्युटर गेम खेलेर यी १६ वर्षीय किशोरले जिते ३३ करोड नेपाली रुपैयाँ


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक अमेरिकी किशोरले फोर्टनाइट नामक कम्प्युटर खेलको विश्व च्याम्पियन बन्दै करिब ३३ करोड नेपाली रुपैयाँ (३० लाख अमेरिकी डलर) पुरस्कार जितेका छन् ।

कम्प्युटर खेलको इतिहासमा सबैभन्दा बढी पुरस्कार राशी भएको प्रतियोगितामा विजेताहरूले तीन अर्ब ३० करोड रुपैयाँ बाँडेका छन् ।

१६ वर्षीय काइल गियर्सडर्फले यूएस ओपन टेनिस प्रतियोगिता हुने न्यूयोर्कको आर्थर एस स्टेडियममा एकलतर्फको खेल जितेका थिए।

इन्टरनेटमा बुघा उपनाम राखेका गियर्सडर्फ विजेता घोषित भएपछि ताली बजाइरहेका दर्शकहरूलाई अभिवादन गर्नका लागि मुस्कुराउँदै उठेका थिए।

उनले बीबीसीलाई आफूले जितेको पुरस्कारको धेरै रकम बचत गर्न चाहेको बताए। ‘मलाई चाहिएको भनको एउटा नयाँ टेबुल हो,’ उनले भने, ‘जितेको ट्रफिको लागि पनि नयाँ टेबुल चाहिन्छ कि।’

प्रतियोगिताको फाइनल खेललाई कमेन्टेटरहरूले ‘हास्यास्पद विजयी दौड’ भनेका थिए, किनकि गियर्सडर्फले मन्द मुस्कानका साथ आफ्ना प्रतिद्वन्द्वीलाई हराएका थिए।

सन् २०१९ मा खर्बौं  अमेरिकी डलरको उद्योगको रूपमा स्थापित भएको कम्प्युटर खेलको इतिहासमा यो प्रतियोगितालाई कोशेढुङ्गाको रूपमा लिइएको छ। तर, सबैभन्दा बढी पुरस्कार राशी भएको प्रतियोगिताको रूपमा यसको कीर्तिमान भने अगस्टमा तय भएको द इन्टरन्याश्नल प्रतियोगिताले तोड्ने छ।

फोर्टनाइटको फाइनलमा १०० प्रतियोगीले ठूला कम्प्युटर स्क्रिनमा प्रतिस्पर्धा गरेका थिए। दश हप्ता चलेको अनलाइन प्रतियोगितामा संसारभरका चार करोड मानिसले छनौट हुन प्रतिस्पर्धा गरेका थिए।

अन्तिम छनौटमा परेका प्रतियोगीले ३० भन्दा बढी राष्ट्रको प्रतिनिधित्व गरेका थिए। सबैभन्दा धेरै अमेरिकाका ७० जना, फ्रान्सका १४ जना र यूकेका ११ जना थिए।

सो खेल कम्प्युटरको एउटा कृत्रिम दुनियाँमा हुन्छ र त्यसका लागि १०० खेलाडीहरूलाई त्यहाँको एउटा टापुमा झारिन्छ। उनीहरूले हतियार खोज्दै, संरचनाहरू निर्माण गर्दै अन्तिममा एकजना मात्र बाँकी रहँदासम्म प्रतिस्पर्धा गर्नुपर्छ।

संसारभर २० करोड प्रयोगकर्ता रहेको यो खेल नि:शुल्क डाउनलोड गर्न सकिन्छ। खेलाडीले एक्लै अथवा चिनेको वा नचिनेका अन्य खेलाडीहरूसँग चार जनाको समूह वा २० जनाको समूह बनाएर खेल्न सक्छन्।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  १ : २१ बजे

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी