कति उमेरको हुनुभयो, कतै तपाईंलाई डाइबेटिज भएको त छैन ? यसरी थाहा पाउनुस् | Khabarhub Khabarhub

कति उमेरको हुनुभयो, कतै तपाईंलाई डाइबेटिज भएको त छैन ? यसरी थाहा पाउनुस्


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मधुमेह अर्थात डाइबेटिज अहिले महामारीको रूपमा देखिनुका विभिन्न कारणहरू छन् । बढ्दो सहरीकरण, बसाइँ—सराइ, खानपिनमा लापरबाही, गुलियो, चिल्लो र फास्टफुडको बढी सेवन, सुविधासम्पन्न र निस्क्रिय जीवनशैली, नियमित व्यायामको कमी तथा तनाव यसका प्रमुख कारण हुन् । साथै अध्ययनहरूले मिसावट र केमिकलको बढ्दो प्रयोगले पनि मधुमेह बढिरहेको देखिएको छ ।

अहिले संसारभरिका करिब ४२ करोड मानिसहरू मधुमेह रोगबाट पीडित छन् । बढ्दो मोटोपनको कारणले गर्दा बच्चाहरूमा पनि मधुमेह देखिँदैछ । तथ्यांक अनुसार नेपालमा कुल जनसंख्याको करिब ८.४ प्रतिशत जनसंख्या मधुमेही छन् ।

अहिले संसारमा ५० लाख मानिसहरूको मधुमेहको कारण वर्षेनि मृत्यु भैराखेको छ । हरेक ६ सेकेन्डमा १ जनाको मृत्यु हुने गर्छ ।

कसरी थाहा पाउने ?

कतिपयलाई कुनै लक्षणविना नै मधुमेह देखिन सक्छ । कतिपयलाई भने मुख सुक्ने, तिर्खा लाग्ने, थकाइ लाग्ने, आलस्य हुने, छिनछिनमा पिसाब लाग्ने, खुट्टामा कमिला हिँडेजस्तो हुने, भोक धेरै लाग्नेजस्ता लक्षण देखा पर्छन् ।

मधुमेह मानिसको शरीरमा इन्सुलिनको अभाव भएर लाग्ने रोग हो । रगतमा चिनीको मात्रा बढ्नु नै मधुमेह हो ।

यो रोग हरेक उमेरकालाई लाग्छ । सामान्यत: ३५ वर्षमाथिका व्यक्तिलाई मधुमेह हुन्छ । यद्यपि हिजोआज बालबालिकामा समेत मधुमेह देखा परेको छ । बालबालिकालाई पनि मधुमेह हुने गरेको छ ।

कारण

एक खालको मधुमेह शरीरमा इन्सुलिनको कमीले गर्दा हुन्छ । यो मधुमेह बालबालिकामा धेरै पाइएको छ । वंशाणुगत कारणले पनि मधुमेह हुन्छ । यस्तो मधुमेहमा जीवनभर इन्सुलिन लगाइरहनुपर्छ ।

यसैगरी अर्को प्रकारको मधुमेह ३५ वर्षको उमेर वा त्यो भन्दा अघिदेखि हुनसक्छ । यसका लागि औषधी सेवन गर्नुपर्छ । औषधीले काम गर्न छोडेको अवस्थामा भने इन्सुलिन नै दिनुपर्छ । स्वस्थ मानिसको शरिरमा सुगरको मात्रा खाली पेटमा ९० भन्दा कम र खानापछि १ सय ४० भन्दा कम भए उपयुक्त मानिन्छ ।

के खाने, कति खाने ?

मधुमेह भएकाले सबै खानेकुरा खान हुन्छ तर खानाको मात्रा कम गर्नुपर्छ । थोरै खाना पटक–पटक खानुपर्छ । यसैगरी चिनी हालेको चिया, कोल्ड ड्रिंक्स, जुस तथा चिल्लो कुरा खानुहुँदैन । फलफूल भने दिनमा एउटासम्म खान सकिन्छ । अण्डाको पहेलो भागले कोलेस्ट्रोल बढाउने भएकाले सेतो भाग मात्र खानु उपयुक्त हुन्छ । अन्न समूहका खानेकुरा, प्रोटिन तथा चिल्लो पदार्थ सीमित मात्रामा खानुपर्छ ।

कसरी पाउने छुटकारा ?

मोटोपनले पनि मधुमेह हुने भएकाले यसबाट मुक्त हुनुपर्छ । जंकफूड खानुहुदैन । घरमै बनाइएको रेशायुक्त खानेकुरा खानुपर्छ । दिनमा कम्तिमा पनि आधा घण्टा हिँडडुल गर्नुपर्छ । खानपान तथा जीवनशैलीमा सुधार ल्याउनुपर्छ । वंशाणुगत कारणले पनि मधुमेह हुने भएकाले समय–समयमा सुगर जाँच गराइरहनुपर्छ ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  ३ : ५० बजे

जाग्राम बसेर देश विकास हुने हो प्रधानमन्त्रीज्यू ?

७२ वर्षीय बयोवृद्ध निवर्तमान प्रधानमन्त्री केपी ओलीलाई उछिन्दै ७३ वर्षीया

जेन–जी आन्दोलनपछि कैलालीमा क्षतिको विवरण सङ्कलन गरिँदै

कैलाली– यही भदौ २४ गते ‘जेन-जी’ प्रदर्शनका क्रममा आगजनी र

वर्तमान परिस्थितिमा सम्हालिएर अघि बढ्नुको विकल्प छैन : कांग्रेस नेता शाही

काठमाडौं– नेपाली कांग्रेसका युवा नेता भुपेन्द्र जंग शाहीले मुलुकको पछिल्लो

एमालेले तत्काल ओलीको विकल्प नखोज्ने, आन्दोलनमा पनि नजाने

काठमाडौँ- सम्भवत: विश्वकै छोटो आन्दोलनमार्फत् सत्ताबाट अप्रत्यासित बहिर्गमनमा परेको नेकपा

अवरुद्ध बेनी–जोमसोम सडक खुल्यो

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकमा आज बिहानदेखि यातायात पुनः सञ्चालनमा आएको छ