पुनर्स्थापना र रोजगारीसहितको राहत प्याकेज लिएर प्रधानमन्त्री ओली बाढीप्रभावित क्षेत्र जाने | Khabarhub Khabarhub

पुनर्स्थापना र रोजगारीसहितको राहत प्याकेज लिएर प्रधानमन्त्री ओली बाढीप्रभावित क्षेत्र जाने


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली विशेष राहत प्याकेजसहित बाढीप्रभावित क्षेत्र जाने भएका छन् ।

शुक्रवार बिहान प्रदेश नम्बर २ बाट प्रतिनिधित्व गर्ने सांसदहरुसंगको भेटमा प्रधानमन्त्री ओलीले तत्काल राहत उपलब्ध गराउने एवम् बाढी तथा डुबानबाट विस्थापितलाई पुनर्स्थापना गर्ने तथा जीविकोपार्जनका लागि रोजगारीको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेकपा प्रदेश नम्बर २ का अध्यक्ष तथा सांसद प्रभु साहको नेतृत्वमा सांसदहरुको टोली बालुवाटार पुगेका थिए । बाढी प्रभावित क्षेत्रको वर्तमान स्थिती तथा गरिनुपर्ने कार्यबारे टोलीको तर्फबाट सांसद साहले प्रधानमन्त्री ओलीलाई ब्रीफिङ गरेका थिए ।

उद्दार कार्यमा सक्रियता भएपनि बाढीप्रभावित क्षेत्रमा राहत वितरण कार्यमा सरकारको उपस्थिति नदेखिएको भन्दै प्रधानमन्त्री ओलीसमक्ष सांसद साहले दुखेसो पोखे । “बाढीको कारण सयौंको मृत्यु भएको छ भने हजारौं विस्थापित भएका छन् । कतिपय पूर्वाधारहरु पूर्णरूपमा नष्ट तथा धेरै आंशिक रुपमा क्षतिग्रस्त भएको छ । उद्दार कार्यमा सरकारद्वारा प्रहरी, सेना, प्रशासन सक्रिय भएपनि राहत कार्य प्रभाव देखिएन । म चाहन्छु सरकार उक्त क्षेत्रलाई बाढीग्रस्त वा संक्रमित क्षेत्र घोषणा गरेर त्यहाँ ठूलो शक्ति परिचालन गरियोस् ” सांसद साहले प्रधानमन्त्रीलाई भने ।

“संघीय सरकारले प्रदेश सरकारलाई राहतका लागि पैसा पठाउने र प्रदेश सरकारले आफुखुशी कार्यकर्तामार्फत राहत बाँड्ने काम गरिरहेको छ । वास्तविक पीडितले राहत नपाउने र नेता कार्यकर्ताले पैसा कमाउने कामबाट पीडित झन पीडित भएको छ भने प्रदेश सरकारको भ्रष्ट कामका कारण संघीय सरकारप्रती जनसमुदाय नकारात्मक हुँदै गएको छ जबकी संघीय सरकार जनताको लागि जे पनि कार्य गर्न तम्तयार छ।” साहले थपे । तत्काल राहत तथा बसोबास व्यवस्थापनमा जोड दिएको सांसद साहले बाढी नियन्त्रणका लागि मजबुत तटबन्ध निर्माण, पानीको प्राकृतिक बहाव तथा छिमेकी मुलुकको सीमा र नेपाली भुभाग मै बनेको अव्यवस्थित संरचना हटाउने लागयतको दीर्घकालीन माग राखेका थिए ।

जवाफमा सिंगापुरबाट फर्किने बितिकै विशेष प्याकेजसहित बाढीप्रभावित क्षेत्रमा पुग्ने बताएका प्रधानमन्त्री ओलीले सीमा क्षेत्रमा भएको संरचना हटाउन भारत सरकारसंग संवाद भइरहेको बताए । उद्धारको काम सफलतापूर्वक गरेकोमा सबै संयन्त्रलाई धन्यवाद दिदै प्रधानमन्त्री ओलीले राहत कार्य जारी रहेको र थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाए। प्रधानमन्त्री ओलीले प्रदेश सरकारलाई सचेत गराउदै भने,” जनतालाई पीडामा राखेर प्रदेश सरकारले भोटको राजनीति गर्नु कसरी जायज हुन सक्छ । मलाई यो कुराले दु:ख लागेको छ। जनतालाई कुनै प्रकारको पीडा दिनेहरुलाई त्यस्तो नगर्न सचेत गराउन चाहन्छु ।”

भेटमा नेकपा महासचिव विष्णु पौडेल पनि उपस्थित थिए भने नेकपा प्रदेश नम्बर २ का पदाधिकारीहरु पनि डेलिगेसन टोलीमा रहेका थिए ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  ४ : ५२ बजे

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज बस्दैछ

हर्क साम्पाङ र पूर्वप्रतिनिधिबीच वाकयुद्ध : कागजको बाघ !

सुनसरी- एसियाली विकास बैंक (एडीबी) को ऋण तथा अनुदानमा सञ्चालित

आईपीएल : आज कोलकाता र मुम्बई भिड्ने

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज कोलकाता नाइट राइडर्स

केजरीवालले चुनावी प्रचार गर्न पाउने : यस्ता छन् अदालतका पाँच शर्त

नयाँदिल्ली – मनी लान्ड्रिङ मुद्दामा तीन साताका लागि जमानत पाएका

धरानमा कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्र स्थापना

सुनसरी– नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले कोशी प्रदेशस्तरीय