मिस नेपाल अनुष्कालाई अमेरिकामा सम्मान « Khabarhub

मिस नेपाल अनुष्कालाई अमेरिकामा सम्मान


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘मिस नेपाल वर्ल्ड २०१९’ अनुष्का श्रेष्ठलाई अमेरिकामा सम्मान गरिएको छ । उनलाई बिहीबार क्यालिफोर्नियामा रहेको हिमालयन फाउण्डेसन क्रपले सम्मान तथा सहयोग रकम हस्तान्तरण गरेको हो ।

अमेरिका भ्रमणमा रहेकी अनुष्कालाई फाउण्डेसनले सम्मान गर्नुका साथै ३८ सय डलर सहयोग समेत हस्तान्तरण गरेको छ ।

यतिबेला चेलीबेटी बेचबिखनको समस्या पार्न सिन्धुपाल्चोकको स्वरासिंह गाउँमा विकास निर्माणको कार्यमा जुटेकी अनुष्कालाई बे–एरियामा रहेका नेपालीबीच आयोजना गरिएको एक अन्तर्क्रियामा उठेको रकम सहयोग गरिएको फाउण्डेसनले जनाएको छ ।

अनुष्काले देखाएको समाजसेवी भावनाको कदर गर्दै सम्मान गरिएको फाउन्डेशनका संस्थापक यज्ञलाल श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा अनुष्काले आफू स्वरासिंह गाउँमा रहेको बेरोजगारी समस्या हटाउन र त्यहाँका बालबालिकालाई पढ्ने वातावरण जुटाउन आफू लागिपरेको धारणा राखिन् । मिस नेपाल भएपछि अनुष्का सामाजिक कार्यमा सक्रिय रहेकी छिन् ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  ५ : ४१ बजे

काबुलको अस्पतालमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न राष्ट्रसंघको माग

काठमाडौं- संयुक्त राष्ट्रसंघले अफगानिस्तानको काबुलस्थित एक अस्पतालमा भएको आक्रमणको स्वतन्त्र

सात देशमा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम स्वीकृति दिने निर्णय

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सात देशमा

प्रतिनिधिसभामा ३५ प्रतिशत महिला सांसद

काठमाडौँ– प्रतिनिधिसभा सदस्य निर्वाचनबाट करिब ३५ प्रतिशत महिला प्रतिनिधिसभा सदस्यमा

करण केसीले जापान प्रिमियर लिग खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर करण केसीले जापान प्रिमियर

रास्वपालाई चीनको पत्र : आपसी सम्बन्ध प्रगाढ हुने विश्वास

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)ले