काबुलको अस्पतालमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न राष्ट्रसंघको माग « Khabarhub

काबुलको अस्पतालमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न राष्ट्रसंघको माग


३ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संयुक्त राष्ट्रसंघले अफगानिस्तानको काबुलस्थित एक अस्पतालमा भएको आक्रमणको स्वतन्त्र अनुसन्धान गर्न माग गरेको छ । कुलतको नशामा रहेका मानिसहरूको उपचार हुने अस्पतालमा आक्रमण भएको थियो ।

राष्ट्रसंघका मानव अधिकार प्रवक्ता थमिन अल–खीतानले जेनेभामा पत्रकारहरूसँग कुरा गर्दै काबुलको नशामुक्ति केन्द्रमा भएको विस्फोटको द्रूत, स्वतन्त्र र पारदर्शी रूपमा अनुसन्धान गरिनुपर्ने बताए । त्यसका जिम्मेवार व्यक्तिहरूलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार, जवाफदेही बनाइनुपर्ने उनको भनाइ छ ।

अफगानिस्तानको तालिवान सरकारले पाकिस्तानी सेनाले सोमबार राति सो अस्पतालमा हवाई आक्रमण गरेको आरोप लगाएको छ । उक्त आक्रमणमा परी करिब ४०० जना मारिएका र २५० जना घाइते भएका तालिवानले जनाएको छ ।

पाकिस्तानले भने यी आरोपहरूलाई झूटो र भ्रामक भन्दै अस्वीकार गरेको छ । आफूहरूलै सैन्य अखडा र ‘आतंकवादी’हरूलाई सहयोग पु¥याउने पूर्वाधारलाई मात्र निशाना बनाएको पाकिस्तानको दाबी छ ।

युरोपेली संघले भने अफगानिस्तान र पाकिस्तान दुवैलाई संयम अपनाउन अपिल गरेको छ । ईयूले यो द्वन्द्वलाई जतिसक्दो चाँडो अन्त्य गर्नुपर्नेमा जोड दिएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार  ९ : ४९ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा