भारतीय मिडियामा राजेश हमालपछि साम्राज्ञीको चर्चा « Khabarhub

भारतीय मिडियामा राजेश हमालपछि साम्राज्ञीको चर्चा


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

केही दिनअघि महानायक राजेश हमाललाई बलिउड अभिनेता अमिताभ बच्चनसँग तुलना गर्दै समाचार लेखेको भारतको चर्चित मिडिया आज तकले नेपाली अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको समाचारलाई स्थान दिएको छ । आज तकले साम्राज्ञीलाई नेपालकी महंगी नायिका भन्दै साम्राज्ञीको तारिफ गर्दै समाचार लेखेको हो ।

आज तकले लेखेको छ, ‘साम्राज्ञी नेपाली सिनेमाकी उत्कृष्ट अभिनेत्रीमा एक हुन्, आज उनी नेपाली फिल्म उद्योगमा सबैभन्दा धेरै पारिश्रमिक लिने नायिका हुन् ।’

नेपाली मिडियालाई उद्धृत गर्दै साम्राज्ञीले १६ लाख लिएको खबर पनि आज तकले लेखेको छ । पहिलो फिल्म ‘ड्रिम्स’ बाट डेब्यु गरेको र फ्यान कमाएको पनि समाचारमा जनाइएको छ ।

पछिल्लो समय साम्राज्ञी नेपाली फिल्म क्षेत्रमा चर्चामा रहिरहने नायिका हुन् । केही दिनअघि भने इन्डोनेसियाको बालीमा आफ्ना प्रेमी देवांश राणासँग शेयर गरेका चुम्बनसहितका तस्वीरले उनलाई विवादमा ल्याएको थियो ।

उनी अभिनित फिल्म ‘रातो टीका निधारमा’ दशैँमा प्रदर्शन हुँदैछ । साम्राज्ञी सामाजिक सञ्जालमा शेयर गर्ने तस्वीरका कारण पनि चर्चामा रहने गर्छिन् ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  ६ : १९ बजे

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल

वर्षाका कारण हुम्लाका ग्रामीण सडक अवरुद्ध

हुम्ला– हालैको अविरल वर्षापछि आएको बाढीपहिरो र ढुङ्गा खस्दा मुख्य