भक्तपुर क्यान्सर अस्पतालमा आकस्मिक अनुगमन | Khabarhub Khabarhub

भक्तपुर क्यान्सर अस्पतालमा आकस्मिक अनुगमन


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुर नगरपालिका अनुगमन समितिले आज वडा नं १ मा रहेको भक्तपुर क्यान्सर अस्पताल र सल्लाघारीमा रहेको डा इवामुरा मेमोरियल अस्पतालमा आकस्मिक अनुगमन गरेको छ ।

समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा गएको टोलीले गरेको अनुगमनमा क्यान्सर अस्पताल १०० श्ययाको स्वकृति लिई १४२ श्यया सञ्चालनमा रहेका, कर्मचारी ३०० जना रहेका, बिरामीलाई रगत आवश्यक भए रेडक्रसमा लिएको रगतको क्रसम्याच भए गर्ने अरु ठाउँबाट ल्याएको र रगत रेडक्रसले क्रसम्याच नगरेकाले समस्या देखिएको पाइएको छ ।

रगत क्रसम्याच मेसिन राख्नुपर्ने ठाउँ र मानव संशाधनको अभावमा सेवा प्रवाह प्रभावित भएको, रेडियो थेरापिमा म्यानपावर अभाव भएको, व्यवस्थापन समितिमा स्थानीय सरकार नगरपालिकाको प्रतिनिधि नभएको, पार्किङ व्यवस्थापन नभएकाले त्यसको व्यवस्थापन गर्न टोलीले निर्देशन दिएको छ ।

क्यान्सर अस्पताल विसं २०५१ मा १५ श्याबाट शुरु गरी विभिन्न व्यक्तिसँग आर्थिक भौतिक सहयोग लिई भवन, मेसिन उपहारबाट प्राप्त भई सञ्चालन भएको र कर्मचारी सबै अस्पतालकै स्रोतबाट व्यवस्थापन गर्दै आएको अस्पताल प्रशासक राजाराम तजलेले जानकारी दिए ।

त्यस्तै सरकारले सीमित अनुदान दिने गरेको तर अहिले अस्पतालको आफ्नै जग्गा र नक्सापास भवन नहुँदा सरकारी अनुदान पनि रोक्ने सम्भावना भएकाले नगरपालिकाले नक्सापास प्रक्रियामा समन्वय गरिदिन उनले जानकारी दिए ।

त्यसैगरी अनुगमनका क्रममा डा इवामुरा मेमोरियल अस्पतालमा ५१ श्यया सञ्चालनमा रहेका, कर्मचारी ११० जना रहेका, अस्पतालनमा गत वर्षको बाढीले दुईवटा सिटी स्क्यान बिग्रिएकाले उक्त सेवा उपलब्ध नभएकाले सो सेवा छिट्टै सञ्चालन गर्न, आकास्मिक कक्ष सञ्चालनमा रहेको तर भेन्टिलेटर नभएकाले भेन्टिलेटरसहितको आकास्मिक कक्ष सञ्चालन गर्न, ठाउँ अभावमा सेवा प्रभावित भएको, बेडसिट फोहर देखिएकाले सुधार गर्नुपर्ने, व्यवस्थापन समितिमा नगरपालिकाबाट प्रतिनिधि राख्नुपर्ने र सरसफाइमा ध्यान दिन सुझाव दिएको वडा निरीक्षक रामकृष्ण प्रजापतिले बताए ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  ७ : ३८ बजे

दोस्रोपटक मुलुकको सार्वभौम साख मूल्यांकन गरिँदै

काठमाडौं– नेपालले दोस्रोपटक सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) को

सशस्त्र प्रहरी बल रौतहटद्वारा ३० बोरा सुर्ती बरामद

रौतहट– सशस्त्र प्रहरी बल रौतहटले अवैधरुपमा भण्डारण गरेर राखेको ३०

कवाडी व्यवसायीले घेरे काठमाडौं महानगर (तस्बिरहरू)

काठमाडौं– विभिन्न पाँच बुँदे माग राख्दै कवाड व्यवसायीहरू आन्दोलित भएका

राज्य व्यवस्था तथा सुशासन समितिको सभापति निर्वाचनका लागि तालिका सार्वजनिक

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचनका लागि

गाजाको नासेर अस्पतालमा इजरायलको दोहोरो हवाई आक्रमण, चार पत्रकारसहित १५ जनाको मृत्यु

काठमाडौं– इजरायली आक्रमणका कारण प्यालेस्टाइनको गाजा क्षेत्रमा चार पत्रकारसहित १५