आइतबार २० अर्ब निक्षेप सङ्कलन उपकरणको बोलकबोल हुने | Khabarhub Khabarhub

आइतबार २० अर्ब निक्षेप सङ्कलन उपकरणको बोलकबोल हुने


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले रु २० अर्ब बराबरको निक्षेप सङ्कलन उपकरणको बोलकबोल गर्ने भएको छ ।

केन्द्रीय बैंकका अनुसार यही साउन १९ गते १५ दिनका लागि निक्षेप सङ्कलन उपकरणको बोलकबोल गरिने भएको छ । बैंकले त्यसलाई निक्षेप सङ्कलन उपकरणको नाम दिएको छ ।

घटीमा रु पाँच करोड र बढीमा रु पाँच करोडले भाग गर्दा निशेष भाग जाने गरी कूल आह्वान रकमसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । निक्षेप सङ्कलनको बोलकबोल ब्याजदरमा गर्नुपर्ने र बहुब्याजदरमा पनि गर्न सकिने व्यवस्था गरिएको छ ।

उक्त बोलकबोल प्रक्रियामा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको केन्द्रीय बैंकले जनाएको छ । निक्षेप सङ्कलनको रकम सम्बन्धित बोलवालाको लगानी हुने भएकाले सो रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न नपाइने बैंकले जनाएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  ८ : २८ बजे

चीनको रेलसेवामा यात्रुको उल्लेखनीय वृद्धि

बेइजिङ – चीनमा सन् २०२५ को यात्रा अवधिमा जुलाई १

चन्द्र नहरमा डुबेर एकको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिकास्थित चन्द्र नहरमा डुबेर आज साँझ

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी सुदूरपश्चिममै पहिलो

कैलाली – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न