डेभिड फल्सको खोँचमा अड्किएका अन्जनलाई ४ दिनपछि प्रहरीले यसरी उद्दार गर्‍यो (भिडियो सहित) | Khabarhub Khabarhub

डेभिड फल्सको खोँचमा अड्किएका अन्जनलाई ४ दिनपछि प्रहरीले यसरी उद्दार गर्‍यो (भिडियो सहित)


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– डेविड फल्स र फुस्रेखोला बिचको खोँचमा अड्किएका एक जना बालकको कास्की प्रहरीले केही दिन अघि उद्दार गरेको थियो ।

चार दिनदेखी खोँचमा फसेका पोखरा १७ छोरेपाटनका १६ वर्षीय अन्जन सुनारको केही दिन अघि जिवितै उद्धार गरेको थियो ।

माछा मार्ने क्रममा चिप्लिएर खोँचमा अड्किएका उनलाई माछा मार्न गएका मानिसले नै चारदिन पछि देखेपछि प्रहरीलाई खबर गरेका थिए । गण्डकी प्रदेश शशस्त्र प्रहरीगण पोखराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजेन्द्र बिष्टको नेतृत्वमा पुगेको उद्धार टोलीले सुनारको उद्धार गरेको थियो ।

खोलाको खोँचमा दुवै खुट्टा नचल्ने अवस्थामा भेटिएका सुनारको उद्धार पश्चात उपचारका लागी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । प्रहरीका अनुसार घट्नास्थलमा पुग्दा घाईते सुनार हलचल गर्न नसक्ने अवस्थामा खोँचमा फसिरहेका थिए ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  ९ : ०७ बजे

चीनको रेलसेवामा यात्रुको उल्लेखनीय वृद्धि

बेइजिङ – चीनमा सन् २०२५ को यात्रा अवधिमा जुलाई १

चन्द्र नहरमा डुबेर एकको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिकास्थित चन्द्र नहरमा डुबेर आज साँझ

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी सुदूरपश्चिममै पहिलो

कैलाली – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न