तीजको शुभकामना दिँदै राष्ट्रपतिले भनिन्– नेपालीलाई एकताको सूत्रमा आबद्ध गर्ने अवसर « Khabarhub

तीजको शुभकामना दिँदै राष्ट्रपतिले भनिन्– नेपालीलाई एकताको सूत्रमा आबद्ध गर्ने अवसर


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली नारीहरूको महान् पर्व हरितालिकाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवम् सुस्वास्थ्य र दीर्घ जीवनको शुभकामना व्यक्त गरेकी छिन् ।

राष्ट्रपतिले सोमबार एक शुभकामना सन्देश जारी गरी सांस्कृतिक सहिष्णुता र सामाजिक एकताको प्रतीकका रुपमा रहेको तीज पर्वमा नेपाली नारीहरुले आफ्नो सौभाग्य र परिवारजनको समृद्धिका लागि ब्रत बसेर शिव–पार्वतीको पूजा आराधना गर्ने प्रचलन रहिआएको स्मरण गर्दै यस्ता पर्वले नेपालीलाई एकताको सूत्रमा आबद्ध गर्दै धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्नुका साथै एकापसमा खुसी साटासाट र मनोरञ्जनको अवसरसमेत प्रदान गर्दै आएका बताएकी छिन् ।

सन्देशमा उनले नेपाली मौलिक संस्कृति सम्वर्धन गर्दै संस्कारयुक्त आदर्श सामाजिक वातावरण तयार गर्न र सदाचार जीवन शैली अपनाउन यस्ता चाडपर्वहरुको गरिमालाई सम्मानजनक बनाई राख्नु आजको आवश्यकता भएको बताएकी छिन् ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  ७ : ०० बजे

इलाम झापाका झण्डै सय चिया उद्योग बन्द, हजारौँ मजदुर किसान बेरोजगार हुँदै

काठमाडौं– इलाम र झापामा सञ्चालनमा रहेका झण्डै सय चिया उद्योग

 ठेकेदारको खुट्टा भाँच्नेबारे पूर्वाधारमन्त्रीको जवाफ : कम्पनीलाई जिम्मेवार बनाउन खोजेको, कसैलाई दु:ख दिँदैनौँ

काठमाडौं– पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले मुलुकको निर्माण क्षेत्रमा बहुवर्षीय

राहदानी खरिद : जलाइएको घरको भित्तामा म्याद तामेली, आरजुले ईमेलमा भनिन्, ‘उपचारमा छु, तत्कालै आउन सक्दिनँ’

काठमाडौं– राहदानी खरिद प्रकरणमा भ्रष्टाचार भएको आरोपबारे बयानका लागि बोलाउँदै

खेल ओझेलमा, उमेर चर्चामा

काठमाडौं – पोर्चुगिच स्टार स्टाइकर क्रिस्टियानो रोनाल्डोले प्राप्त गर्न नसकेको

अमेरिका-इरान प्रारम्भिक वार्ता स्विट्जरल्याण्डमा हुने

एजेन्सी– अमेरिका र इरानबीच भएको युद्धविरामपछि प्रारम्भिक चरणको प्रत्यक्ष वार्ता