क्रेडिट कार्डको ब्याजदर १० प्रतिशतमा सीमित गर्ने ट्रम्पको प्रस्ताव « Khabarhub

क्रेडिट कार्डको ब्याजदर १० प्रतिशतमा सीमित गर्ने ट्रम्पको प्रस्ताव


६ मंसिर २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रेडिट कार्डको ब्याजदर अधिकतम १० प्रतिशतमा सीमित गर्ने प्रस्ताव कार्यान्वयनका लागि डेमोक्रेटिक सांसदहरूसँग सहकार्य गर्ने बताएका छन् । यसअघि रिपब्लिकन सांसदको पर्याप्त समर्थन नपाउँदा अघि बढ्न नसकेको प्रस्ताव संसद्का दुवै सदनमा डेमोक्रेटको नेतृत्व कायम हुने भएपछि अघि बढ्ने उनको अपेक्षा छ ।

शनिबार फक्स न्युजसँग कुरा गर्दै उनले क्रेडिट कार्ड कम्पनीहरूले अत्यधिक नाफा कमाइरहेको बताए । न्युयोर्क फेडरल रिजर्भका अनुसार क्रेडिट कार्डको औसत ब्याजदर २२.२ प्रतिशत छ ।

सिनेटर एलिजाबेथ वारेन, प्रतिनिधि म्याक्सिन वाटर्स र रिपब्लिकन सिनेटर जोस हाउलीलगायतले पनि ब्याजदर सीमित गर्ने प्रस्तावलाई समर्थन गरेका छन् । तर, बैंक तथा कार्ड कम्पनीहरूले ब्याजदरमा सीमा तोकिए कम आय भएका र कमजोर ऋण इतिहास भएका ग्राहकलाई कार्ड उपलब्ध गराउन कठिन हुने तथा पुरस्कार र सुविधा कटौती गर्नुपर्ने तर्क गर्दै आएका छन् ।

अनुसन्धानकर्ताहरूका अनुसार प्रस्ताव कार्यान्वयन भए उपभोक्ताले वार्षिक अर्बौं डलर बचत गर्न सक्नेछन् । यसले क्रेडिट कार्ड उद्योगको नाफामा असर पारे पनि उद्योग घाटामा नजाने उनीहरूको निष्कर्ष छ ।

उपभोक्ता वित्तीय संरक्षण ब्यूरोका अनुसार सन् २०२४ मा अमेरिकाका करिब १९ करोड ५० लाख मानिससँग क्रेडिट कार्ड थियो र उनीहरूले ब्याजबापत एक खर्ब ६० अर्ब अमेरिकी डलर तिरेका थिए । न्युयोर्क फेडरल रिजर्भका अनुसार गत वर्षको तेस्रो त्रैमासिकसम्म अमेरिकीहरूको क्रेडिट कार्ड ऋण १२ खर्ब ३० अर्ब अमेरिकी डलर पुगेको थियो, जुन हालसम्मकै उच्च हो ।

प्रकाशित मिति : ६ मंसिर २०८३, आइतबार  १० : ४१ बजे

क्रेडिट कार्डको ब्याजदर १० प्रतिशतमा सीमित गर्ने ट्रम्पको प्रस्ताव

न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रेडिट कार्डको ब्याजदर अधिकतम

दक्षिण सुडानमा विद्रोही आक्रमण, १५ जनाको मृत्यु

जुबा – दक्षिण सुडानको उत्तरपश्चिमी क्षेत्रमा आइतबार विद्रोही लडाकूले गरेको

चोरीको माइक्रोबससहित दुई जना पक्राउ

काठमाडौं – काठमाडौंमा चोरी भएको माइक्रोबससहित दुई जना पक्राउ परेका

कांग्रेसलाई आफ्नै नेता कार्यकर्ताले हराइरहेका छन् : शशांक कोइराला

बुटवल – नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्र एकता

कार्यसम्पादनका आधारमा रौतहट जिल्ला प्रहरी कार्यालय पहिलो

रौतहट – नेपाल प्रहरीका विभिन्न इकाइको गत कात्तिक महिनाको कार्यसम्पादन