महिला मुक्ति र स्वतन्त्रताको भावना मुखरित गर्ने पर्व तीज : प्रधानमन्त्री « Khabarhub

महिला मुक्ति र स्वतन्त्रताको भावना मुखरित गर्ने पर्व तीज : प्रधानमन्त्री


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली महिलाको महान् पर्व हरितालिका तीज महिला मुक्ति र स्वतन्त्रताको भावना मुखरित गर्ने पर्व रहेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले हरितालिका (तीज)को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन् ।

नेपाली महिलाले विगतमा कष्टकर सामन्ती संस्कार र कैयन कुचलनको बोलवाला रहेका बेला वा समानताको मान्यता स्थापित नभएको परिवेशमा समेत तीजलाई थोरै भए पनि राहतको अनुभूति गराउने पर्वका रुपमा मनाउने गरेको प्रधानमन्त्री ओलीले स्मरण गरेका छन् । “नेपालको सकारात्मक सांस्कृतिक परम्परामा महिला मुक्ति र स्वतन्त्रताको भावना मुखरित गर्ने पर्वका रुपमा तीजको विशेष महत्व छ,” तीजका अवसरमा प्रधानमन्त्रीले जारी गरेको भकामना सन्देशमा भनिएको छ ।

नेपाली महिलालगायत समाजमा लामो समयसम्म आर्थिक–सामाजिक अवसरबाट वञ्चित सबैका लागि सारभूत समानताको प्रत्याभूति गर्दै जननिर्वाचित संविधानसभाबाट निर्माण गरिएको संविधानलाई कार्यान्वयन गर्दै पर्याप्त कानूनहरु बनिसकेको उल्लेख गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालमा महिलाको नागरिक तथा राजनीतिक अधिकारहरुको प्रयोगको अवस्था विश्वमा नै गौरव गर्न लायक रहेको पनि बताए ।

“राजनीतिकलगायत समाजका अन्य क्षेत्रमा नेपाली महिलाको उपस्थिति उल्लेखनीय रहेको छ, महिलाको प्रतिनिधित्व संसद्मा ३३ प्रतिशत र स्थानीय तहमा करीब ४१ प्रतिशत पुगेको छ भन्ने तथ्यले प्रत्येक नेपालीलाई गौरवानुभूति हुने गरेको छ,” प्रधानमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ । प्रधानमन्त्री ओलीले नीति निर्माणको तहमा महिलाहरुको यस प्रकारको उपस्थितिले आउँदा दिनहरुमा महिला र पुरुषबीच सारभूत समानताका व्यवस्था अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  ७ : ०६ बजे

भोजपुरमा माटोका ध्रुवराज निरन्तर अगाडि, एमाले सचिव शेरधन पछ्याउँदै

भोजपुर- प्रतिनिधिसभा निर्वाचन अन्तर्गत भोजपुरमा माटो चुनाव चिह्नका उम्मेदवार ध्रुवराज

लमजुङमा रास्वपाका केसी विजयी

लमजुङ– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत लमजुङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

टीकाटिप्पणी नगर्न कार्यकर्तालाई रास्वपाको अनुरोध

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन परिणामलाई लिएर विभिन्न तह

अछाम–१ मा कांग्रेसका स्वाँर विजयी, नेकपा रावल पराजित 

अछाम–  प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत अछाम निर्वाचन क्षेत्र नम्बर १

बालेन प्रधानमन्त्री हुने पक्का, रास्वपा नेताहरु भन्छन्– ‘सहमति तलमाथि हुँदैन’

झापा- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह झापा ५