काभ्रेपलाञ्चोकमा डेङ्गु रोगी फेला, यी हुन् लक्षण « Khabarhub

काभ्रेपलाञ्चोकमा डेङ्गु रोगी फेला, यी हुन् लक्षण


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– काभ्रेको खानीखोला गाउँपालिकामा डेङ्गुबाट सङ्क्रमित एक पुरुष भेटिएका छन् । डेङ्गुबाट सङ्क्रमित ती पुरुषको मकवानपुरको हेटौँडामा उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ ।

कामको सिलसिलामा हेटौँडालगायत तराईका विभिन्न जिल्लामा आवतजावतका क्रममा खानीखोलाका एक पुरुषमा केही दिनअघि मात्रै डेङ्गुका लक्षण देखिएपछि उनलाई उपचारार्थ नजिकै रहेको हेटौँडास्थित अस्पतालमा उपचार गर्न पठाइएको कार्यालयका जनस्वास्थ्य निरीक्षक कमलेश मिश्रले जानकारी दिए ।

मिश्रका अनुसार लामखुट्टेको टोकाइबाट डेङ्गु रोग लाग्ने व्यक्तिलाई एक्कासी उच्च ज्वरो आउनु र पाँचदेखि सात दिनसम्म रहनु, सहन नसक्ने गरी टाउको दुख्नु, आँखाको नानी तथा पछिल्लो भाग दुख्नु, ढाड, जोर्नी र मांशपेसी दुख्नु, शरीरमा बिमिरा आउनु तथा वाकवाकी लाग्ने, पेट दुख्नु, नाक अथावा गिँजाबाट रगत बग्नु, शरीरमा रगत जेमेको दाग देखापर्नु तथा बेहास हुने लक्षण देखिन्छ ।

जिल्लामा डेङ्गु सङक्रमित व्यक्ति भेटिएपछि जिल्ला स्वास्थ्य कार्यालयले डेङ्गु रोगबाट बच्ने उपायबारे जानकारी लिई सतर्क रहन सबैलाई आग्रह गरेको छ । “डेङ्गु रोगथामका लागि जिल्लाका १३ वटै स्थानीय तहमा र्‍यापिट टिम खडा गरिसकिएको छ”, जनस्वास्थ्य निरीक्षक मिश्रले भने । उनका अनुसार जिल्लास्थित सबै स्वास्थ्य संस्थामा डेङ्गुविरुद्धको किटसहितको टोलीसमेत परिचालन गरिएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  ७ : २७ बजे

एकै दलबाट दुई उम्मेदवार भएपछि कांग्रेस नेता कँडेलको मनोनयन रद्द

बुटवल- लुम्बिनी प्रदेशको नवलपरासी (सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १

एन्फा राष्ट्रिय लिग फुटबल : एपीएफ विजयी

काठमाडौं– एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको

सौगातको ‘भाइरल गोर्खे‘ भारतमा प्रदर्शन गर्ने तयारी

काठमाडौं – नायक सौगात मल्ल शीर्ष भूमिकामा रहेको फिल्म ‘भाइरल