इराकमा १२ जना नेपालीको विभत्स हत्या भएको १५ वर्ष पूरा, यस्तो थियो घटना « Khabarhub

इराकमा १२ जना नेपालीको विभत्स हत्या भएको १५ वर्ष पूरा, यस्तो थियो घटना


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीका लागि इराक पुगेका १२ जना नेपालीको विभत्स हत्या भएको १५ वर्ष पूरा भएको छ ।

वैदेशिक रोजगारीका लागि इराक पुगेका १२ नेपालीको आतंकवादी इस्लामिक संगठनले विभत्स हत्या गरेपछि नेपालमा २०६१ साल भदौ १६ अर्थात आजकै दिन आफन्त र सर्वसाधारणले वैदेशिक रोजगारीमा पठाउने म्यानपावर लगायतमा आक्रमण गरेका थिए ।

उक्त हत्याकाण्ड पनि राजधानीको अवस्था तनावग्रस्त बनेको थियो । ठाउँठाउँमा आन्दोलन भएका थिए । विभिन्न म्यानपावर, सञ्चारगृह, धार्मिक प्रतिष्ठानमा आक्रमण भएका थिए ।

के थियो घटना ?

२०६१ साल भदौ ४ गते १२ जना नेपाली खाना पकाउने तथा सरसफाइ सम्बन्धी कामका लागि जोर्डन हुँदै इराक प्रवेश गरेका थिए । तर उनीहरु आतंकवादी संगठन इस्लामिक समूह अन्सर अल सुन्नाको अपहरणमा परे ।

कामको खोजीमा इराक पुगेका उनीहरुले अन्सर अल सुन्नाले अपहरण गरेको र उनीहरुले आफ्नो जीवन बचाउनका लागि नेपाल सरकारसँग आग्रह गरेको भिडियो क्लिप बाहिरिएको थियो ।

अपहरणमा परेका आफ्ना नागरिकको मुक्तिका लागि नेपाल सरकाररपरराष्ट्र मन्त्रालयले इराकी सरकारमार्फत लगातार अपिल गरिरहे का थिए । तर भदौ १५ गते साँझ टाउँको काटिएका १२ जना नेपालीको मृत शरीरको भिडियो क्लिप सार्वजनिक भयो ।

उक्त भिडियो सार्वजनिक भएको केही क्षणमा नै नेपाल भर फैलिएको थियो । आफ्ना नागरिकको रक्षा गर्न नसकेको भन्दै सर्वसाधारणले सरकारको चर्को आलोचना गरेका थिए ।

त्यो ऋदयविदारक भिडियो सार्वजनिक भएसँगै भदौं १६ गते अर्थात आजको दिन काठमाडौं उपत्यकामा स्वत स्फूर्त रुपमा मानिसहरु सडकमा आए र हत्या काण्डको विरोध गरे ।

उनीहरुले सरकारको आलोचना गरे र विदेश पठाउने म्यानपावर कम्पनीमाथि आफ्नो रिस पोखे । त्यसक्रममा राजधानीमा रहेका अधिकांश जसो म्यानपावर कम्पनीमाथि आक्रमण भएको थियो भने सञ्चार गृहमा समेत तोडफोड भएको थियो ।

आक्रोशित बनेका आन्दोलनकारीले एकाएक राजधानी उपत्यकास्थित मुस्लिम समुदायको पवित्र स्थान, पवित्र वस्तु लगायत व्यक्ति व्यक्तिमाथि आक्रमण गर्न थाल्यो । धर्मगुरूदेखि व्यापारी समुदाय र गृहिणीहरूसम्म आक्रमणको तारो बने । सोही घटना पछि नेपाल सरकारले इराक जान लगाएको प्रतिवबन्ध फुकुवा गरेको छैन ।

बुधबार भएको घटनापछि नेपाली मिडियाले आजको दिनलाई ‘कालो बुधबार’ को दिनको रुपमा लिने गरेका छन् । तर गैर कानूनी रुपमा भने अझै पनि विभिन्न माध्यमबाट नेपालीहरु वैदेशिक रोजगारीका लागि इराक गइरहेका छन् ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  ८ : १३ बजे

प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रविधिको प्रयोगमार्फत निगरानी बढाएको

बङ्गलादेशको निर्यातमा सामान्य कमी

ढाका – सन् २०२५ को जुलाईदेखि सन् २०२६ को जुलाईसम्मको

चारआली ओभरपास : ५० प्रतिशत काम सम्पन्न

झापा – एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित चारआलीमा निर्माणाधीन

केप भर्डेका गोलकिपर भोजिन्हामाथि इन्टर मियामीको नजर

काठमाडौं – फिफा विश्वकप २०२६ मा उत्कृष्ट प्रदर्शन गरेर चर्चामा

एनपीएल अक्सनबाट ५२ खेलाडी छनोट हुने, अन्तिम सूचीमा १५५ खेलाडी

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने नेपाल प्रिमियर