वैदेशिक रोजगारीमा जानेको लागि आजबाट बैंक खाता अनिवार्य, हुन्डीमार्फत भित्रिने रकम रोकिने अपेक्षा | Khabarhub Khabarhub

वैदेशिक रोजगारीमा जानेको लागि आजबाट बैंक खाता अनिवार्य, हुन्डीमार्फत भित्रिने रकम रोकिने अपेक्षा


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकका हकमा बैक खाता र बैकिङ विवरण पेश गरेपछि मात्र श्रम स्वीकृति जारी गर्ने भएको छ ।

हाल, दैनिक कामको खोजीमा ८ सय नेपाली विदेश गइरहेको रहेको वैदेशिक रोजगार विभागको तंथ्याकमा उल्लेख गरिएको छ । विभागले गत शुक्रबार विज्ञप्ति जारी गदै वैदेशिक रोजगारीमा जाने कामदारले भदौ १६ गतेदेखि बैक खातासँगै आर्थिक विवरण पनि पेश गर्नुपर्ने सूचना जारी गरेको थियो ।

नयाँ श्रम स्वीकृति दिएर र वैदेशिक रोजगारीबाट फर्किएका कामदारका हकमा अनिवार्य बैक खातासहित विवरण पेश गर्नुपर्ने भएको हो ।
विदेशिने कामदारका हकमा बंैक खाता अनिर्वाय गर्दा फ्रि भिसा र फ्रि टिकटको विवरण पनि पेश हुने विभागले जनाएको छ ।

जसमा वैदेशिक रोजगारीमा जाने कामदारले आफुले विदेश जादाँ तिरेको लागत खर्च पनि बैंक खातामार्फत म्यानपावर कम्पनीमा बुझाउनुपर्ने र उक्त विवरण पनि विभागमा पेश गर्नुपर्ने विभागले जनाएको छ ।

विदेशिने श्रमिकका हकमा अनिवार्य बैक खाता भए उनीहरुको कमाइपनि बैकिङ च्यानलमार्फत भित्रिने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको बुझाइ छ । सरकारले २०७२ सालदेखि लागू गरेको फ्रि भिसा र फ्रि भिसाको विवरण पनि बैंक खातामार्फत जानकारी लिनसक्ने विभागले जनाएको छ ।

सरकारले सबै रेमिट्यान्स बैंकिङ प्रणालीमार्फत भित्राउन वैदेशिक रोजगारीमा जाने कामदारका हकमा अनिवार्य बैक खाताको व्यवस्था गर्न लागेको विभागका महानिर्देशक डा.भीष्मकुमार भुषालले जानकारी दिए । विदेशिने श्रमिकको कमाइ र उनीहरुलाई पनि बैकिङ प्रणालीमार्फत रेमिट्यान्स पठाउने बानीको विकास गर्न यो व्यवस्था गरिएको डा.भुषालले बताए । ‘विभागले भदौ १६ गते (आज) बाट बैक खाताको विवरण पेश गरेपछि मात्र श्रम स्वीकृति जारी गर्दै छ ।

बैक खाता अनिवार्य भएपछि युवाले रेमिट्यान्स बैंकमार्फत पठाउनुपर्छ भने हुन्छ । सरकारले पनि रोजगारदाता देशसँग श्रम सम्झौता गर्दा सवै नेपाली कामदारसँग बैक खाता, तलब सोही खातामा जम्मा आग्रह सक्छ ’ महानिर्देशक डा. भुषालले भने, रेमिट्यान्सलाई बैंकिङ प्रणालीमार्फत भित्राउन प्रयास भइरहेको छ । हाल हुन्डीमार्फत रेमिट्यान्स पठाउदाँ धेरै कामदार आर्थिक ठगिमा परिरहेका छन् । यो पनि रोकिन्छ । सरकारले ५ वर्षअघि लागू गरेको फ्रि भिसा र फ्रि टिकटको विवरणमा पनि राख्न पनि विभागलाई सहज हुन्छ ।’

वैदेशिक रोजगारीमा जाने युवाका हकमा अनिवार्य रूपमा बैंक खाता खोल्नुपर्ने व्यवस्था विभागले लागू गर्न राम्रो विषय उठान भएको वैदेशिक रोजगारविज्ञ मधुविशाल पन्डितले बताए । यस्ता योजना महत्वपुर्ण हुने र कार्यन्वयन गर्ने जोड दिनुपर्ने उनको भनाइ छ ।

‘हाल, ठुलो रेमिट्यान्स हुन्डीमार्फत भित्रिने गरेको सरकारी अनुमान छ । विदेशीने नेपाली श्रमिकलाई अनिवार्य बैक भए हुन्डी कारोवारमा कमी आउने देखिन्छ । ठुलो संख्यामा विदेशमा रहेका कामदार बैकिङ पहुँचभन्दा बाहिर छन् ।’ उनले भने, ‘सरकारले रोजगारदाता देशका रोजगारदाता कम्पनी, सरकारसँग विदेशी रहेको नेपाली कुटनीतिक नियोगमार्फत समन्वयन गरेर नेपाली श्रमिकको तलब पनि बैकिङ च्यानलबाट नेपालमै पाउन वातावारण बनाउनुपर्छ ।’

वार्षिक कति रोजगारीमा जाने कामदार बैक खाता भएका छन् भने विषयमा सरकारले विवरण राख्नुपर्ने उनको भनाइ छ ।

गत आर्थिक वर्षमा ५ लाख ८० हजारभन्दा धेरै युवा वैदेशिक रोजगारीमा गएको विभागको तंथ्याकमा उल्लेख छ । जसमा कतिसँग बैक खाता छ भने सरकारसँग तंथ्याक छैन । हाल, वैदेशिक रोजगारीमा ४४ लाख कार्यरत रहेको सरकारी अनुमान छ । बैक खाता नहुँदा कतिपय कामदारले अवैध बाटो भएर रेमिट्यान्स पठाउने गरेको विभागको अनुमान छ । नेपाली युवा रोजगारीका खोजीमा श्रम स्वीकृति लिएर १ सय ७२ देश जाने गरेको विभागको तंथ्याकमा छ ।

सरकारले संस्थागत १ सय १० र व्यक्तिगत १ सय ७२ देशका लागि श्रम स्वीकृति जारी गदै आएको छ ।

नेपालमा भारत, अमेरिका, कतार, साउदी, मलेसियालगायतका देशबाट धेरै रेमिट्यान्स भित्रिने गरेको राष्ट्र बैकको तंथ्याकमा उल्लेख छ ।

नेपालमा कुल ग्रहस्थ उत्पादनको २९ प्रतिशत योजदान रेमिट्यान्सको रहेको बैकको तंथ्याकमा छ । बैकको तंथ्याक अनुसार गत आर्थिक वर्षमा नेपाल १ सय ८९ देशबाट ७ खर्ब ८३ अर्ब ७८ करोड ४१ लाख ९८ हजार ८ सय ६ रुपैयाँ रेमिट्न्यान्स भित्रिएको थियो ।

गाँउ–गाँउमा बैक

विभिन्न देशमा रहेका नेपाली श्रमिकसँग ती देशमा रहेका व्यापारीले रकम लिने, उक्त रकममार्फत सामान खरिद गरेर हुन्डीको व्यापार भइरहेका छ । विदेशी श्रमिकसँग बैक खाता नहुँदा रेमिट्यान्सको व्यापार गाँउ–गाँउमा मैलाइरहेको छ ।

बिचौलियाले विदेशिएका युवाले कमाएको पैसा चलाउन र परिवारसम्म जिम्मा नलगाउदा उनीहरु कमाइ फस्ने गरेको छ । पछिल्लो समय प्रत्येक स्थानीय तहमा बैकको पहुँच पुगेपनि प्राय वैदेशिक रोजगारीमा रहेका श्रमिकले रेमिट्यान्समार्फत नै पैसा पठाउदै आएका छन् ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  ९ : ०६ बजे

बलर हावी खेलमा नेपालले स्कटल्याण्डलाई दुई विकेटले हरायो

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

नेपालविरुद्ध स्कटल्याण्डको पनि कसिलो बलिङ, १५.२ ओभरमा ६ विकेट लिएर दियो ७७ रन

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

संरक्षणकर्मीमाथि वालिङ-१० का वडाध्यक्षबाट साङ्घातिक आक्रमण

काठमाडौँ – आँधीखोला दोहनविरुद्ध आवाज उठाइरहेका संरक्षणकर्मी दिनकर नेपाल र

नेपालसामु ९७ रनमै समेटियो स्कटल्याण्ड

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

न्यायाधीशलाई मोसो दलिएको घटनामा पूर्वन्यायाधीश फोरमको आपत्ति

पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंह काठमाडौं– जनकपुर उच्च अदालतअन्तरगत वीरगञ्ज