काठमाडौं– आज नेपाली हिन्दू महिलाहरुको महत्वपूर्ण पर्व– हरितालिका तीज । हरितालिका तीजमा चेलीबेटीहरु माइतीमा आएर विभिन्न तीजका गीतमा रमाउँछन्- नाच्छन् गाउँछन् ।
‘तीजको लहर आयो बरी लै…’ यो सदाबहादर गीत भैहाल्यो । हरेक तीजमा बज्छ नै र बजाइन्छ पनि । चेलीबेटीहरु यी गीतमा मस्त रमाउँछन् । वास्तवमा यो गीतले नेपाली चेलीका भावनाहरुलाई समेटेको छ ।
तर, हरेक वर्ष कुनै न कुनै गीतले तीजमा तहल्का पिट्छ । केही वर्ष पहिले ‘झन माथि सार्यो झन तल झर्छ हाइ मेरो फरिया…’ यो बोलको गीतले बजारमा तहल्का पिटेको थियो । त्यस्तै गायिका कोमल वलीको ‘पोइल जान पाम…’ले राम्रै चर्चा कमायो ।
तर, यो वर्ष दुर्गेश थापाको गीतले बजार पिटेको छ । एक महिना यता हरेक तीजका कार्यक्रममा घन्किने गीत हो– ‘हामी पनि नाच्नुपर्छ बिच्च बिच्चमा…’ । गीत हरेकको मुखमा झुण्डिएको छ । त्यतिमात्र नभएर टिकटकमा समेत भाइरल बनेको छ ।
गीतकै कारण दुर्गेश थापाको व्यस्तता पनि निकै बढेको छ ।
प्रतिक्रिया