तीजमा तहल्का पिट्दै ‘हामी पनि नाच्नपर्छ बिच्च बिच्चमा…’ « Khabarhub

तीजमा तहल्का पिट्दै ‘हामी पनि नाच्नपर्छ बिच्च बिच्चमा…’


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज नेपाली हिन्दू महिलाहरुको महत्वपूर्ण पर्व– हरितालिका तीज । हरितालिका तीजमा चेलीबेटीहरु माइतीमा आएर विभिन्न तीजका गीतमा रमाउँछन्- नाच्छन् गाउँछन् ।

‘तीजको लहर आयो बरी लै…’ यो सदाबहादर गीत भैहाल्यो । हरेक तीजमा बज्छ नै र बजाइन्छ पनि । चेलीबेटीहरु यी गीतमा मस्त रमाउँछन् । वास्तवमा यो गीतले नेपाली चेलीका भावनाहरुलाई समेटेको छ ।

तर, हरेक वर्ष कुनै न कुनै गीतले तीजमा तहल्का पिट्छ । केही वर्ष पहिले ‘झन माथि सार्‍यो  झन तल झर्छ हाइ मेरो फरिया…’ यो बोलको गीतले बजारमा तहल्का पिटेको थियो । त्यस्तै गायिका कोमल वलीको ‘पोइल जान पाम…’ले राम्रै चर्चा कमायो ।

तर, यो वर्ष दुर्गेश थापाको गीतले बजार पिटेको छ । एक महिना यता हरेक तीजका कार्यक्रममा घन्किने गीत हो– ‘हामी पनि नाच्नुपर्छ बिच्च बिच्चमा…’ । गीत हरेकको मुखमा झुण्डिएको छ । त्यतिमात्र नभएर टिकटकमा समेत भाइरल बनेको छ ।

गीतकै कारण दुर्गेश थापाको व्यस्तता पनि निकै बढेको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  ९ : ३२ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले