वैदेशिक रोजगारीको कालो दिन– १२ नेपाली मारिएको इराकमा काम गर्न जाने क्रम अझै रोकिएन « Khabarhub

वैदेशिक रोजगारीको कालो दिन– १२ नेपाली मारिएको इराकमा काम गर्न जाने क्रम अझै रोकिएन


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीका लागि इराक पुगेका १२ जना नेपालीको हत्या भएको आज १५ वर्ष पुगेको छ । २०६१ साल भदौ १६ गते अर्थात् आजकै दिन वैदेरशिक रोजगारीका लागि इराक पुगेका १२ जना नेपाली मारिएका थिए ।

सुन्नी अतिवादी संगठन इस्लाम अल सुन्ना समूहले १२ जना नेपालीको विभत्स हत्या गरेको थियो । वैदेशिक रोजगारीका लागि कुवेत भनेर उनीहरुलाई इराक पुर्‍याइएको थियो ।

इराकमा १२ नेपालीको हत्यापछि नेपाली र मृतकका आफन्तले राजधानीमा रहेका म्यानपावर कम्पनीमा आक्रमण गरेका थिए । १२ जना नेपालीको हत्या भएपछि सरकारले वैदेशिक रोजगारीमा नेपाली कामदारलाई इराक जान रोक लगाएको छ ।

अमेरिकी सेन्ट्रल कमान्डले ५ वर्षअघि आफ्ना नागरिकलाई प्रतिवन्ध लगाएका देशका कामदार फिर्ता गर्न सवै देशलाई पत्राचार गरेपछि त्यहाँ कार्यरत श्रमिकलाई नेपाल सरकारले अनुमति दिएको थियो । तर, रोजगारीमा जान भने फुकुवा गरेको छैन । प्रतिबन्धित इराकमा अहिले पनि धेरै नेपाली कामदार रोजगारीका लागि जाने गरेका छन् ।

२०६१ साल भदौ १६ गतेको सम्झनामा वैदेशिक रोजगारीमो भदौ १६ गते अथवा आजको दिनलाई वैदेशिक रोजगारी क्षेत्रले ‘कालो दिन’ मान्ने गरेको छ ।

नेपाल सरकारले इराक जान लगाएको प्रतिवबन्ध अहिलेसम्म फुकुवा गरेको छैन । तर, वैदेशिक रोजगारीमा नेपाली श्रमिकहरु इराक जाने क्रम भने रोकिएका छैन । सरकारले प्रतिबन्ध लगाए पनि गैरकानुनी बाटो हुँदै इराक जाने कामदारको संख्या धेरै छ ।

भारत हुँदै अथवा खाडीका अन्य देश भनेर नेपाली श्रमिकलाई इराक रोजगारमा लगिन्छ । इराकमा करिब ५० हजारभन्दा धेरै नेपाली कार्यरत रहेको सरकारी अनुमान छ ।

भारत हुँदै वार्षिक ५ हजारभन्दा धेरै नेपाली इराक रोजगारीमा जाने गरेको सरकारी अनुमान छ । नेपाली कामदारहरु दलाल र म्यानपावर कम्पनीमार्फत नै रोजगारीका लागि इराक जाने गरेका छन् । धेरैजसो नेपाली महिलाहरु घरेलु कामदारका रुपमा इराक पुग्ने गरेका छन् ।

इराक घरेलु काममा वार्षिक रुपमा ठुलो संख्यामा महिला कामदार अवैध बाटो भएर लगिरहेको माइती नेपालकी कानूनी सल्लाहकार उमा तामाङ बताउँछिन् ।

पछिल्लो समय रोजगारीका लागि कुवेत, बहराइन, साउदी र कतार लैजाने भन्दै नेपाली श्रमिकहरुलाई इराक पुर्‍याउन गरिएको छ ।

दलाल मार्फत इराक पुगेर अलपत्र परेका नेपालीको सरकारले उद्दार गर्दै आएको छ । तर, कामदार कसरी इराक पुगे भने विषयमा भने सरकारले कुनै अनुसन्धान गर्दैन ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  ११ : २५ बजे

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने