कैलालीको बौनियाँमा सानिमा बैंकको शाखा सञ्चालन « Khabarhub

कैलालीको बौनियाँमा सानिमा बैंकको शाखा सञ्चालन


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सानिमा बैंक लिमिटेडले कैलालीको बौनियाँमा शाखा कार्यालय शुभारम्भ गरेको छ । भदौं १५ गते कार्यालयको औपचारिक उद्घाटन गरि बैंकिङ्ग सेवा सुरु गरेको हो ।

उक्त शाखा कार्यालयको समुद्घाटन, सानिमा बैंकका ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार हरिवंश आचार्य र संचालक भरत कुमार पोखरेलले संयुक्त रुपमा गरेका थिए ।

समुद्घाटन् समारोहमा सानिमा बैंकका संचालक श्री भरत कुमार पोखरेले स्वागत मन्तव्य व्यक्त गर्दै यस शाखाबाट सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्न पाएकोमा खुसी व्यक्त गरे ।

त्यसैगरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बैंकका ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै बौनियाँ शाखाबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।

समुद्घाटन समारोहमा हरिवंश आचार्यले बौनियाँमा सानिमा बैंक संचालनमा आएकोमा बौनियाँ वासीहरुलाई बधाईको साथै बैंकलाई समेत बधाई ज्ञापन गर्दै सानिमाको सफलता तथा सबल अनि विश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुन शुभकामना व्यक्त गरे ।

सानिमा बंैकको उक्त शाखा समेत गरी हाल सम्म ७९ वटा शाखा संजाल तथा ७५ वटा ए.टि.एम. रहेका छन ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  २ : ४० बजे

हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता

चितवन – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रविधिको प्रयोगमार्फत निगरानी बढाएको

बङ्गलादेशको निर्यातमा सामान्य कमी

ढाका – सन् २०२५ को जुलाईदेखि सन् २०२६ को जुलाईसम्मको

चारआली ओभरपास : ५० प्रतिशत काम सम्पन्न

झापा – एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित चारआलीमा निर्माणाधीन

केप भर्डेका गोलकिपर भोजिन्हामाथि इन्टर मियामीको नजर

काठमाडौं – फिफा विश्वकप २०२६ मा उत्कृष्ट प्रदर्शन गरेर चर्चामा