बैंक ह्याक गर्ने चिनियाँ समूहका थप ४ जना पक्राउ « Khabarhub

बैंक ह्याक गर्ने चिनियाँ समूहका थप ४ जना पक्राउ


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको बैंकिङ प्रणाली ह्याक गरी एटिएमबाट पैसा लुट्ने चिनियाँ समूहका थप ४ जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अशोक सिंहले थप ४ जना पक्राउ परेको पुष्टि गरे । उनका अनुसार शनिबार राति पक्राउ परेका ५ जना चिनियाँहरुको बयानका आधारमा ३ जनालाई ठमेलबाट पक्राउ गरिएको हो ।

अर्को १ जनालाई भने अध्यागमन विभागको मद्दतबाट पक्राउ गरिएको एसपी सिंहले बताए ।

‘अहिले थप ४ जना पक्राउ परेका छन् । उनीहरुलाई यहाँ (महानगरीय प्रहरी परिसर) ल्याउने काम भइरहेको छ । यहाँ पुर्‍याएर प्रारम्भिक अनुसन्धान गरेपछि थप केही खुल्छ,’ एसपी सिंहले भने ।

एसपी सिंहका अनुसार अध्यागमन विभागको सहयोगमा पक्राउ परेका व्यक्ति भने प्रहरीको फरार सूचीमा थिए । एटिएम ह्याक प्रकरणमा प्रहरीले ३ जनालाई फरारको सूचीमा राखेको थियो । जसमध्ये १ जना आइतबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो भने सोहीमध्येका अर्का १ जना सोमबार पक्राउ परेका हुन् ।

एसपी सिंहले पक्राउ परेका ४ जना नै चिनियाँ नागरिक भएको जानकारी आएको बताए । यद्यपि थप अनुसन्धान हुन भने बाँकी रहेको सिंहको भनाइ छ ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  १ : ४२ बजे

शाहरूख खानको ‘किङ्ग’ को प्रदर्शन मिति घोषणा

काठमाडौं– बलिउडका सुपरस्टार शाहरूख खानको नयाँ एक्शन–थ्रिलर फिल्म ‘किङ्ग’ दर्शकहरूबीच

एमाले अध्यक्ष ओलीकै शैलीमा कांग्रेस नेताको टिप्पणी, ‘विध्वंस मच्चाएर देश खरानी पार्नेहरू बालेन र सुदन’

काठमाडौं- नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले भदौ २३ र २४

शकिबको पुनरागमन खुला

ढाका- बङ्गलादेश क्रिकेट बोर्डका अधिकारीहरूले पूर्वकप्तान तथा स्टार अलराउन्डर शकिब

‘पूर्णबहादुरको सारङ्गी’ टिमका तीन कीर्तिमानीको सहकार्य ‘सिन्दुरे’मा हुँदै

काठमाडौं – नायक विजय बराल र नायिका अञ्जना बराइलीको कीर्तिमानी