मालपोत कार्यालयका पूर्व कर्मचारी १ लाख घुससहित पक्राउ « Khabarhub

मालपोत कार्यालयका पूर्व कर्मचारी १ लाख घुससहित पक्राउ


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– भूमिसुधार तथा मालपोत कार्यालय बाराको मुद्दा फाँटका पूर्व कर्मचारी १ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मगाएका फाइलहरु रोकिदिने भन्दै सेवाग्राहीसँग लिएको १ लाख रुपैयाँ घुससहित हरिमोहन सिंह क्षेत्री पक्राउ परेका हुन् ।

हरिमोहन मालपोत कार्यालयको मुद्दा फाँटमा करार सेवामा कार्यरत थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडास्थित कार्यालयले जग्गा विवादसँग सम्बन्धित एउटा फाइल मगाएको र सो फाइल अख्तियारमा नपठाइदिने भन्दै क्षेत्रीले सेवाग्राहीसँग घुस मागेका थिए ।

क्षेत्रीलाई सेवाग्राहीसँग लिएको घुस रकमसहित मालपोत कार्यालय परिसरबाटै पक्राउ गरिएको अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  ४ : ४८ बजे

दास व्यापार तथा उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ– दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस

नख्खु कारागारमा निःशुल्क आँखा शिविर, कैदीबन्दी लाभान्वित

काठमाडौँ– नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले नख्खु कारागार र कुपण्डोलस्थित गुरुद्वारा

कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा १२ कोठा थप

बागलुङ– कक्षाकोठा अभाव झेल्दै आएको बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङस्थित सरस्वती

विपन्न परिवारलाई भूकम्प प्रतिरोधी घर

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका घरविहीन तीन विपन्न परिवारले नयाँ

देशका केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल