शेयर बजार दोहोरो अंकले गिरावट  | Khabarhub Khabarhub

शेयर बजार दोहोरो अंकले गिरावट 


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आइतबार दोहोरो अङ्कले आरोलो लागेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि सोही लयमा घटेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १४.४५ बिन्दुले घटेर एक हजार १७०.३४ मा पुगेको छ । आज नेप्से १.२२ प्रतिशतले घट्यो । यस्तै सेन्सेटिभ परिसूचक २.९८ अर्थात १.१५ प्रतिशतले ओरालो लागी २५६.३१ विन्दुमा झरेको छ ।

नेप्से उच्च अङ्कले घटे पनि कारोबार रकममा भने केही सुधार देखिएको छ । कूल १७१ कम्पनीको १३ लाख ८० हजार ६६० कित्ता शेयर रु ४० करोड ७५ लाख ६९ हजार ७१२ मूल्यमा खरिदबिक्री भए । आइतबार कूल १६९ कम्पनीका ११ लाख चार हजार ३९५ कित्ता शेयर रु २९ करोड ७३ लाख ९८ हजार बराबरको कारोवार भएको थियो । स्टकका अनुसार आज कारोबार भएका कूल ११ उपसमूहको शेयर ओरालो लागेको छ ।

बैंकिङ १२.५९, होटल ०.३४, विकास बैंक १२.०९, जलविद्युत् १४.७४, वित्त ६.०४, निर्जीवन बीमा ७१.२७, उत्पादन २०.२, अन्य ७.३६, लघुवित्त २४.९८, जीवन बीमा ९५.६९ र सामूहिक लगानी कोष ०.०६ विन्दुले घटेको छ ।

कारोवारका आधारमा आज नेपाल बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु दुई करोड ५६ लाख ६५ हजार बराबरको कारोबार भयो । यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु दुई करोड ५० लाख तीन हजार ५७५, युनाइटेड फाइनान्स रु दुई करोड ४४ लाख ९३ हजार ३५८, सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड रु एक करोड ९३ लाख ९२ हजार ११३, कुमारी बैंक लिमिटेड रु एक करोड ८८ लाख ९८ हजार ४५०, कृषि विकास बैंक रु एक करोड ८२ लाख १४ हजार १९७ र शिवम् सिमेन्ट रु एक करोड ५१ लाख ५१ हजार २११ मूल्यमा खरिदबिक्री भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार आज दिव्यश्वरी हाइड्रोपावरका शेयरधनीले ५.४५, सबैको लघुवित्त वित्तीय संस्था ४.५४, आँधीखोला लघुवित्त वित्तीय संस्था ३.६४, वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स ३.३० र ओरियन्टल होटल लिमिटेडका शेयरधनीले २.९२ प्रतिशतले कमाए ।

यस्तै ग्रामीण विकास लघुवित्त वित्तीय संस्था ७.९६, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था ७.४४, युनाइटेड फाइनान्स ६.२५, कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड ५.६० र युनाइटेड इन्स्योरेन्स कम्पनीका शेयरधनीले ५.५३ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  ४ : ४९ बजे

लोकमानलाई शक्तिहीन बनाउने ओमप्रकाशको अग्निपरीक्षा

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषदमा ओमप्रकाश अर्यालले गृह र कानून,

कार्की सरकारमा ११ जनामात्रै मन्त्री हुने

काठमाडौँ – अन्तरिम सरकारी प्रधानमन्त्री सुशीला कार्कीले आफू नेतृत्वको मन्त्रिपरिषद्‌

तातोपानी र रसुवागढी नाका सञ्चालनमा ल्याउन नसकेपछि मुस्ताङ भन्सार खोलियो

काठमाडौं– चीनसँगको वैदेशिक व्यापारका लागि प्रयोग हुँदै आएका सिन्धुपाल्चोकको तातोपानी

प्रधानमन्त्री कार्कीलाई भेट्न सिंहदरबार जाँदै भारतीय राजदूत

काठमाडौँ – नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव प्रधानमन्त्री सुशीला

झापामा एक सय ५२ भौतिक संरचनामा क्षति

सुरुङ्गा– जेनजी आन्दोलनका क्रममा झापामा १५२ वटा भौतिक संरचनामा क्षति