शेयर बजार दोहोरो अंकले गिरावट  « Khabarhub

शेयर बजार दोहोरो अंकले गिरावट 


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आइतबार दोहोरो अङ्कले आरोलो लागेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि सोही लयमा घटेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १४.४५ बिन्दुले घटेर एक हजार १७०.३४ मा पुगेको छ । आज नेप्से १.२२ प्रतिशतले घट्यो । यस्तै सेन्सेटिभ परिसूचक २.९८ अर्थात १.१५ प्रतिशतले ओरालो लागी २५६.३१ विन्दुमा झरेको छ ।

नेप्से उच्च अङ्कले घटे पनि कारोबार रकममा भने केही सुधार देखिएको छ । कूल १७१ कम्पनीको १३ लाख ८० हजार ६६० कित्ता शेयर रु ४० करोड ७५ लाख ६९ हजार ७१२ मूल्यमा खरिदबिक्री भए । आइतबार कूल १६९ कम्पनीका ११ लाख चार हजार ३९५ कित्ता शेयर रु २९ करोड ७३ लाख ९८ हजार बराबरको कारोवार भएको थियो । स्टकका अनुसार आज कारोबार भएका कूल ११ उपसमूहको शेयर ओरालो लागेको छ ।

बैंकिङ १२.५९, होटल ०.३४, विकास बैंक १२.०९, जलविद्युत् १४.७४, वित्त ६.०४, निर्जीवन बीमा ७१.२७, उत्पादन २०.२, अन्य ७.३६, लघुवित्त २४.९८, जीवन बीमा ९५.६९ र सामूहिक लगानी कोष ०.०६ विन्दुले घटेको छ ।

कारोवारका आधारमा आज नेपाल बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु दुई करोड ५६ लाख ६५ हजार बराबरको कारोबार भयो । यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु दुई करोड ५० लाख तीन हजार ५७५, युनाइटेड फाइनान्स रु दुई करोड ४४ लाख ९३ हजार ३५८, सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड रु एक करोड ९३ लाख ९२ हजार ११३, कुमारी बैंक लिमिटेड रु एक करोड ८८ लाख ९८ हजार ४५०, कृषि विकास बैंक रु एक करोड ८२ लाख १४ हजार १९७ र शिवम् सिमेन्ट रु एक करोड ५१ लाख ५१ हजार २११ मूल्यमा खरिदबिक्री भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार आज दिव्यश्वरी हाइड्रोपावरका शेयरधनीले ५.४५, सबैको लघुवित्त वित्तीय संस्था ४.५४, आँधीखोला लघुवित्त वित्तीय संस्था ३.६४, वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स ३.३० र ओरियन्टल होटल लिमिटेडका शेयरधनीले २.९२ प्रतिशतले कमाए ।

यस्तै ग्रामीण विकास लघुवित्त वित्तीय संस्था ७.९६, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था ७.४४, युनाइटेड फाइनान्स ६.२५, कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड ५.६० र युनाइटेड इन्स्योरेन्स कम्पनीका शेयरधनीले ५.५३ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  ४ : ४९ बजे

आजपनि घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा बुधबार सुनको मूल्य सामान्य घटेको छ ।

पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

नवलपरासी– निर्माणाधीन नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको काम अन्तिम चरणमा पुगेपछि

सवारी नियम उल्लङ्घनमा एकै दिन दुईहजार बढी सवारी चालक कारबाहीमा

काठमाडौँ– ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकै दिन दुई हजार ७६

कास्कीमा ‘मनसुन प्रतिकार्य योजना’ कार्यान्वयनमा

कास्की– जिल्ला प्रशासन कार्यालय कास्कीले मनसुनजन्य विपदबाट हुनसक्ने जनधनको क्षति

प्रधानमन्त्री शाहले आज उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र निजी