बाँकेमा गोली चल्यो, चोरी मुद्दाका फरार अभियुक्त घाइते « Khabarhub

बाँकेमा गोली चल्यो, चोरी मुद्दाका फरार अभियुक्त घाइते


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोहलपुर– चोरी मुद्दाका फरार अभियुक्तलाई पक्राउ गर्न बाँके प्रहरीले गोली चलाएको छ ।

बाँकेको कोहलपुरस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले चोरी मुद्दाका फरार अभियुक्त नरेनद्र न्यौपानेलाई पक्राउ गर्ने क्रममा गोली चलाएको हो ।

प्रहरीले चलाएको गोली लागेर अभियुक्त न्यौपाने घाइते भएका छन् ।

प्रहरीको गोली लागेर घाइते भएका न्यौपानेको शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको जनाइएको छ ।

बाँकेको बैजनाथमा संयुक्त राष्ट्र संघ (युएन)को गाडीमा डाँका चोरी गरेको अभियोग लागेका न्यौपानेविरुद्ध अदालतले ६ वर्षको जेल सजाय सुनाएको थियो ।

अदालतले २०६८ सालमा नै उनीविरुद्ध सजाय तोकेपनि उनी भने लामो समयदेखि फरार थिए ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  ५ : ०९ बजे

कीर्तिमानको रोचक यात्राः मेसीले पूरा गरे ९०० गोल

मायामी – अर्जेन्टिनी फुटबलर लियोनेल मेसीले व्यावसायिक फुटबल करियरमा ९००

रविको सङ्गठित अपराध मुद्दा फिर्ता सम्बन्धी रिटमा सुनुवाइ हुँदै, आजै फैसला आउन सक्ने

काठमाडौँ– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

बाख्रापालनमा निर्भर शुक्लाफाँटाका बासिन्दा

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८, चुरे फेदीस्थित धारापानी बस्तीका अधिकांश परिवारको

आज चैते दसैँको घटस्थापना

काठमाडौँ– चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु

इरानको आक्रमणबाट कतारको औद्योगिक क्षेत्रमा ‘ठूलो क्षति’

दोहा – इरानले गरेको पछिल्लो क्षेप्यास्त्र प्रहारबाट कतारको मुख्य औद्योगिक