बाँकेमा गोली चल्यो, चोरी मुद्दाका फरार अभियुक्त घाइते « Khabarhub

बाँकेमा गोली चल्यो, चोरी मुद्दाका फरार अभियुक्त घाइते


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोहलपुर– चोरी मुद्दाका फरार अभियुक्तलाई पक्राउ गर्न बाँके प्रहरीले गोली चलाएको छ ।

बाँकेको कोहलपुरस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले चोरी मुद्दाका फरार अभियुक्त नरेनद्र न्यौपानेलाई पक्राउ गर्ने क्रममा गोली चलाएको हो ।

प्रहरीले चलाएको गोली लागेर अभियुक्त न्यौपाने घाइते भएका छन् ।

प्रहरीको गोली लागेर घाइते भएका न्यौपानेको शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको जनाइएको छ ।

बाँकेको बैजनाथमा संयुक्त राष्ट्र संघ (युएन)को गाडीमा डाँका चोरी गरेको अभियोग लागेका न्यौपानेविरुद्ध अदालतले ६ वर्षको जेल सजाय सुनाएको थियो ।

अदालतले २०६८ सालमा नै उनीविरुद्ध सजाय तोकेपनि उनी भने लामो समयदेखि फरार थिए ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  ५ : ०९ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ