टानको निर्वाचनका लागि दुई समूहबाट उम्मेद्वारी घोषणा | Khabarhub Khabarhub

टानको निर्वाचनका लागि दुई समूहबाट उम्मेद्वारी घोषणा


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यही भदौ २० गते हुन लागेको ट्रेकिङ एजेन्सिस एशोसिएशन अफ नेपाल (टान) को केन्द्रीय निर्वाचनका लागि दुई समूहले उम्मेद्वारी घोषणा गरेको छ ।

टानको आगामी २ वर्षे कार्यकालका लागि हुने निर्वाचनका लागि अञ्जन थापा समूह र खुमबहादुर सुवेदी समूहले काठमाडौंमा सोमबार छुट्टाछुट्टै पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेका हुन् ।

सत्तारुढ नेकपाको समर्थन रहेको समूहको अध्यक्षको उम्मेदवार अञ्जन थापा र महासचिवमा सरिता लामाले उम्मेदवारी घोषणा गरेका छन् ।त्यसैगरी प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस निकट समूहबाट सुवेदीले अध्यक्ष र कर्मा शेर्पाले महासचिवमा उम्मेदवारी घोषणा गरेका छन् । दुवै समूहले आ–आफ्नो समूह विजयी हुने दावी गरेका छन् ।

नेकपा निकट अध्यक्षका उम्मेदवार थापाले पर्वतीय पर्यटनको विकास गरेर कमजोर बन्दै गएको पर्यटन व्यवसायलाई सबल बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले पर्यटन क्षेत्रको विकासका लागि त्यसको गुणस्तरीय सेवामा लागी पर्ने बताए ।

काँग्रेस निकट अध्यक्षका उम्मेदवार सुवेदीले आर्थिक संकटमा फसेको टानलाई सुधार गरेर अघि बढाउन आफ्नो समूहले उम्मेदवारी दिएको स्पष्ट पारे । उनले आफ्नो समूह विजयी भए विगतका पदाधिकारीहरुले भन्दा बढी काम गरेर देखाउने प्रतिबद्धता पनि व्यक्त गरे ।

आगामी भदौं २० गते टानको ४१ औं साधारणसभाको अवसर पारेर निर्वाचन हुँदैछ । निर्वाचनमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र सदस्यहरुसहित १७ पदका लागि निर्वाचन हुनेछ ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  ५ : २३ बजे

मुलुकलाई सही दिशामा ल्याएपछि मात्रै गठबन्धन टुङ्गिन्छ : मन्त्री गुरुङ

लमजुङ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकलाई सही

बुढासुब्बा गोल्डकपः ‘सडन डेथ’मा धरानलाई हराउँदै युके एफसी सेमिफाइनलमा

सुनसरी – धरान फुटबल क्लबलाई ‘सडन डेथ’मा ७–६ गोल अन्तरले

मुलुकको अर्थतन्त्र बलियो बनाउन सबैले हातेमालो गर्नुपर्छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको

अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ

ताप्लेजुङ – ताप्लेजुङमा अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ परेका

जसपा नेपाल कार्यकारिणी समिति बैठक एक दिन लम्बियो

गोदावरी – जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति