बजेटभन्दा व्यापारघाटा बढी, अर्थतन्त्र संकटमा « Khabarhub

बजेटभन्दा व्यापारघाटा बढी, अर्थतन्त्र संकटमा



काठमाडौं– आयातको दर उच्च रुपमा बढेका कारण अघिल्लो आर्थिक वर्षको व्यापारघाटा नेपालको कूल बजेटभन्दा बढी पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको अघिल्लो आर्थिक वर्षको समिक्षाअनुसार गत २०७६ असारसम्म कूल बजेटभन्दा बढी व्यापारघाटा रहेको देखिएको हो ।

सरकारले सार्वजनिक गरेको अघिल्लो आर्थिक वर्षको बजेट १३ खर्ब १५ अर्ब रुपैयाँ रहेको थियो । जब कि असारमा सकिएको अघिल्लो आर्थिक वर्षको व्यापारघाटामात्रै १३ अर्ब २१ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ ।

केन्द्रीय बैंकको तथ्याङ्कअनुसार आयात झण्डै १४ प्रतिशतले बढेर १४ खर्ब १८ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । आयातको आकार बढ्दा निर्यात भने ९७ अर्ब ११ करोड रुपैयाँको मात्रै भएको छ । जसका कारण व्यापारघाटाले देशको अर्थतन्त्र नै तहसनहस हुने अवस्थामा पुगेको छ । राष्ट्र बैंकका अनुसार पेट्रोलियम पदार्थ, तयारी पोशाक, विद्युतीय सामान, अन्य मेसिनरी पार्टपुर्जा, एम.एस. बिलेट लगायतका वस्तुको आयात बढेपनि सिमेण्ट लगायतका वस्तुको आयात घटेको छ । नेपालबाट निर्यात हुने वस्तुका रुपमा रहेको अलैँचीको निर्यात घटेको छ । त्यसबाहेक जुत्ता चप्पल, पश्मिना लगायतका वस्तुको समेत निर्यात घटेको छ ।

अर्थतन्त्र नै संकटमा !

चाउचाउ, दाल लगायतका केही वस्तुको निर्यात बढेपनि आयात निर्यातको अनुपात करिब ७ प्रतिशतमा रहेका बेला देशको अर्थतन्त्रको अन्य सूचक पनि नकारात्मक लयमा छन् । सोधनान्तर स्थिति घाटामा, चालू खाता समेत घाटामा पुगेको अघिल्लो आर्थिक वर्षमा वैदेशिक मुद्राको सञ्चितिसमेत झण्डै ८७ अर्ब रुपैयाँले घटेको छ ।

राष्ट्र बैंकको तथ्याङ्कअनुसार यसअघि नौ महिनाका लागि वस्तु तथा सेवा खरिद गर्न पुग्ने विदेशी मुद्राको सञ्चिति रहने गरेको भएपनि अघिल्लो आर्थिक वर्षमा त्यो घटेर सात महिनाका लागि मात्रै पुग्ने भएको छ ।

कृषिजन्य वस्तु आयात हुँदा समस्या

व्यापारघाटा बढ्नु भनेको नेपालबाट विदेश जाने वस्तुुको तुलनामा आयातको आकार बढ्नु हो । अर्थविद् डाक्टर चन्द्रमणि अधिकारीका अनुसार नेपालमा अहिले खाद्यान्नको आयातसमेत बढिरहेको छ ।

झण्डै एक खर्बभन्दा बढीको त चामल, दाल, चिनीजस्ता कृषिजन्य वस्तुुको आयात हुने गरेको छ । जसका कारण पनि घाटाको आकार बढेको हो ।

उनी भन्छ्न, ‘नेपालमा उत्पादन बढाउने र कृषिजन्य वस्तुको आयात घटाउन सकिए व्यापारघाटाको आकार कम हुनसक्छ ।’ अर्थविद् अधिकारीले नेपालको बिजुली निर्यात गर्न सके व्यापारघाटा कम हुने बताए ।

उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नेपालको व्यापारघाटा कम गर्न नेपालमा भारतीय लगानी बढ्न सके कम हुने बताएका छन् । उनले भने, ‘नेपालमा भारतीय लगानी बढ्न सक्यो भने व्यापारघाटा कम हुनसक्छ । त्यसबाहेक नेपालबाट भारत निर्यात हुने वस्तुलाई सहज निर्यातको व्यवस्था गर्दासमेत व्यापारघाटा कम हुनसक्छ ।’

त्यसबाहेक कृषिजन्य उद्योगमा सरकारले सहुलियतपूर्ण ऋणको व्यवस्था गरेको खण्डमा उत्पादनको मात्रा बढ्ने र विदेशबाट आयात हुने वस्तुको आकार घट्ने अपेक्षा समेत गर्ने गरिएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  ५ : ५८ बजे

एकता महाधिवेशनका नाममा चिप्लियो रास्वपा, नयाँ-पुराना सबैको चर्को असन्तुष्टि

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी बितेका पाँच दिनदेखि चितवनमा अल्मलिएको छ।

जेठ महिनामा देशभरबाट १ हजार ३६ जना लागूऔषध कारोबारमा संलग्न पक्राउ

काठमाडौं– नेपाल प्रहरीले गत जेठ महिनामा देशभरबाट एक हजार ३६

उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग संयुक्त राज्य अमेरिकाका लागि नेपालका कार्यवाहक

‘नतिजा प्रक्रियामा स्पष्ट छौँ, थप जाँचका लागि समिति गठन भइसक्यो’

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रियाप्रति