पत्रकार बन्न परीक्षा लिनुपर्ने भन्दै नेकपाका सांसदद्वारा संशोधन दर्ता « Khabarhub

पत्रकार बन्न परीक्षा लिनुपर्ने भन्दै नेकपाका सांसदद्वारा संशोधन दर्ता


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेकपाका सांसदहरूले पत्रकारको योग्यता तोक्न मिडिया काउन्सिल विधेयकमा संशोधन दर्ता गराएका छन् ।

पत्रकार बन्नका लागि योग्यता र मापदण्ड आवश्यक रहेको भन्दै आइतबार नेकपाका १४ राष्ट्रिय सभा सदस्यले संशोधन प्रस्ताव गराएका हुन् ।

संसद सचिवालयमा दर्ता भएको संशोधन प्रस्तावमा पत्रकारिता पेशामा प्रवेश गर्नका लागि परीक्षा लिनुपर्ने उल्लेख गरिएको छ । यस्तो ‘पत्रकारिता व्यवसायी परीक्षा’ मिडिया उन्सिलअन्तर्गतको परीक्षा समितिले लिने प्रस्ताव गरिएको छ ।

जसका लागि काउन्सिलले काउन्सिलले पाठ्यक्रम तयार गर्ने र वर्षमा दुईपटक पत्रकारिता प्रवेश परीक्षा सञ्चालन गर्ने पनि संशोधन प्रस्तावमा उल्लेख छ ।

पत्रकारको रुपमा दर्ता हुन पत्रकारिता विषयमा स्नातक उपाधि प्राप्त गरेको हुनुपर्ने वा अन्य कुनै विषयमा स्नातक गरेको भए तीन वर्ष पत्रकरिता गरेको हुनुपर्ने वा निरन्तर सञ्चार प्रतिनिधि भई पाँच वर्ष काम गरेको हुनुपर्ने प्रस्ताव गरिएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  ७ : ५८ बजे

महिला महामन्त्रीमा डिला संग्रौला र डिना उपाध्यायको उम्मेदवारी

 काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महिला महामन्त्री पदका लागि दुई नेतृको

ट्रकलाई ओभरटेक गर्दा मोटरसाइकल चालकको मृत्यु

चितवन– रत्ननगर नगरपालिका –०३ बेल्सीपुलस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकलाई ओभरटेक गर्ने

महिला उपसभापतिमा पुष्पा भुसालको उम्मेदवारी दर्ता

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महिला उपसभापति पदका लागि पुष्पा भुसालले

दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला

काठमाडौँ- यस वर्षको दसैँमा घर जाने यात्रुका लागि आगामी असोज २३

वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग विश्व वन्यजन्तु कोष