काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महिला उपसभापति पदका लागि पुष्पा भुसालले उम्मेदवारी दर्ता गराएकी छन्।
उम्मेदवारी दर्ताको समयसम्म महिला उपसभापति पदमा भुसालबाहेक अन्य उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छैनन्। उक्त पदमा अन्य महिला नेतृको औपचारिक उम्मेदवारीसमेत देखिएको छैन।
कांग्रेसमा भने महिला सहमहामन्त्री पदका लागि आकांक्षी धेरै रहेकाले उनीहरूमध्ये केहीले उपसभापति पदमा समेत उम्मेदवारी दिन सक्ने सम्भावना रहेको नेताहरूले बताएका छन्।
भुसालले पनि अहिलेसम्म महिला उपसभापति पदमा आफू बाहेक अन्य आकांक्षी नदेखिएको बताउँदै आएकी छन्। उम्मेदवारी दर्ताको समय बाँकी रहेकाले अन्य नेतृले पनि उम्मेदवारी दिने वा नदिने विषयमा भने यकिन भइसकेको छैन।














प्रतिक्रिया