ब्रुगसँग रियल मड्रिडले खेल्यो बराबरी « Khabarhub

ब्रुगसँग रियल मड्रिडले खेल्यो बराबरी


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- युएईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा स्पेनिस क्लब रियल मड्रिडले बेल्जियमको क्लब ब्रुगसँग बराबरी खेलेको छ ।

मंगलबार राति भएको खेलमा रियलले १० खेलाडीमा सिमित ब्रुगसँग २-२ गोलको बराबरी खेलेको हो ।

घरेलु मैदानमा दुई गोलले पछि परेको रियलले दोस्रो हाफमा दुई गोल गर्दै बराबरी खेलेको हो ।

सान्टियागो बेर्नाबेउमा खेलको नवौं मिनेटमा इमान्युएल डेनिसले गोल गर्दै ब्रुगलाई अग्रता दिलाएका थिए । खेलको ३९ औं मिनेटमा डेनिसले व्यक्तिगत दोस्रो गोल गर्दै ब्रुगलाई २-० को अग्रता दिलाए ।

तर, खेलको ५६ औं मिनेटमा कप्तान सर्जियो रामोसले गोल गर्दै रियललाई खेलमा फर्काउने कोशिस गरे । खेलको ८४ औं मिनेटमा रुड भोर्मेरले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा ब्रुग १० खेलाडीमा सिमित भयो ।

त्यसको एक मिनेट नबित्दै ८५ औं मिनेटमा कासिमिरोले गोल गर्दै रियललाई हारबाट जोगाए । यो बराबरीसँगै समूह ‘ए’ को रियलले पहिलो एक अंक जोडेको छ । २ खेलमा १ अंक जोडेको रियल पुछारमा छ । २ खेलमा २ अंक जोडेको ब्रुग दोस्रो स्थानमा छ । यस समूहमा ३ अंक जोडेको पीएसजी शीर्ष र १ अंक जोडेको गालतासारे तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  ७ : ३२ बजे

घटस्थापनाका लागि सामग्री खरिदबिक्री गर्नेको चहलपहल  (तस्बिरहरू) 

काठमाडौं- बडा दसैँको घटस्थापनाको अघिल्लो दिन काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा

भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

नयाँदिल्ली– भारतमा मतदाता नामावली पुनरावलोकनका क्रममा अनियमितता भएको आरोप लगाउँदै

बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले १ करोड ५० लाख डलर अनुदान दिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप एक करोड

इथियोपियामा भएको हिंसा रोक्न राष्ट्रसंघको आग्रह

एजेन्सी – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियाको उत्तरी क्षेत्रमा पुनः

सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

हेटौँडा– मुग्लिङ-काठमाडौँ सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने