म्याद सकिएका अखाद्य वस्तु र औषधि नष्ट « Khabarhub

म्याद सकिएका अखाद्य वस्तु र औषधि नष्ट


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी- जिल्ला प्रशासन कार्यालय र दिपायल सिलगढी नगरपालिकाको अगुवाइमा गरिएको बजार अनुगमनबाट फेला परेका लाखौँ मूल्य बराबरका अखाद्य वस्तु र औषधि नष्ट गरिएको छ ।

बजार अनुगमनमा पिपल्लाको कोटभैरव जनरल स्टोरमा मात्रै करीब रु पाँच लाख बराबरको म्याद नाघेको अखाद्य वस्तु अनुगमन टोलीले पक्राउ गरेको थियो ।

दिपायल, पिपल्ला र राजपुर बजारमा गरी २१ पसलमा उक्त टोलीले छड्के अनुगमन गरेको थियो । त्यस्तै यहाँका सामुदायिक अस्पताल, निजी अस्पताल, फार्मेसी र निजी क्लिनिकमा गरिएको अनुगमनका क्रममा विभिन्न कम्पनीका म्याद गुज्रेको औषधि फेला पारेको नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत भोजराज शर्माले बताए।

त्यसैगरी यहाँका अधिकांश स्वास्थ्य संस्थामा कुनै संस्थामा कागजात नभएका, कुनैमा म्याद नाघेका औषधि रहका, कुनैमा मूल्यसूची नरहेको, कुनैमा ओपिडी दर्ता नभएको, कुनैमा दर्ता प्रमाणपत्र नभएको अनुगमन टोलीले जनाएको छ ।

पिपल्ला बजार र राजपुरमा गरिएको अनुगमनबाट करीब आठ लाख बराबरको म्याद नाघेका अखाद्य वस्तु फेला पर्नुका साथ केही म्याद नाघेका औषधि फेला परेको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए ।

अखाद्य वस्तुलाई कानूनी प्रक्रियाअनुसार नष्ट गरिएको छ । म्याद गुज्रेको अखाद्य वस्तु एमएस सप्लायर्स, कोटभैरब जनरल स्टोर, सुबिन ट्रेडर्स, घटाल सप्लार्यस, कलेल ट्रेडर्स एण्ड सप्लार्यसबाट भेटिएको टोलीले जनाएको छ ।

अनुगमनमा प्रमुख जिल्ला अधिकारी, नगरप्रमुख, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय प्रतिनिधि, जिल्ला प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, उपभोक्ता अधिकार मञ्च, पत्रकारसहितको टोली रहेको थियो ।

सिन्धुली : जिल्ला प्रशासन कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको संयुक्त अनुगमनका क्रममा फेला परेको म्याद सकिएको पेय पदार्थ नष्ट गरिएको छ ।

चाडपर्व नजिकिँदै गर्दा बजारमा पेय पदार्थको माग पनि बढ्ने गरेको र म्याद सकिएका पेय पदार्थ बिक्री वितरण नहोस् भन्ने उद्देश्यले बजार अनुगमन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख प्रेम अर्यालले जानकारी दिए ।

म्याद सकिएर पनि बिक्रीका लागि राखिएको चिसो पेय पदार्थ भेटिएकाले सञ्चालकलाई आगामी दिनमा म्याद सकिएका कुनै पनि खाद्यवस्तु बिक्री वितरण नगर्न आग्रह गगरिएको उनले बताए ।

अनुगमनका क्रममा नवदुर्गा ट्रेडर्स र भूपूसैनिक होटल जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बजार अनुगमनमा आठ होटल तथा पसलमा राखिएको चिसो पेय पदार्थको अनुगमन गरिएको थियो ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  १० : ३८ बजे

साँगामा तीव्र गतिमा अण्डरपास निर्माण (तस्बिरहरू) 

भक्तपुर– भक्तपुर र काभ्रेपलान्चोकको सिमाना क्षेत्र साँगामा दुई लेनको अण्डरपास

बालेन पब्लिक डिबेटमा नबस्‍ने , भन्छन्– ७६ बच्चाको हत्यारासँग एउटै मञ्‍चमा उभिन्‍न

काठमाडौं – काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहले नेकपा (एमाले)का अध्यक्ष

राष्ट्रियसभा निर्वाचन : बागमतीमा ६ जनाबीच प्रतिस्पर्धा

बागमती– बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि बिहान ९ बजेदेखि मतदान

इंग्लिस प्रिमियर लिग : बोर्नमाउथसँग लिभरपुल पराजित

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

चार करोडको लागतमा विद्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको प्रभा माविको नयाँ भवन