बालेन सरकारले सात दिनभित्र संविधान संशोधन सम्बन्धी बहस सुरु गर्ने « Khabarhub

बालेन सरकारले सात दिनभित्र संविधान संशोधन सम्बन्धी बहस सुरु गर्ने


१४ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार स्वीकृत गरेको शासकीय सुधार सम्बन्धी सय बुँदे कार्यसूची शनिबार राति सार्वजनिक गरिएको छ।

यस कार्यसूचीमा निर्वाचनमा सहभागी सबै राजनीतिक दलका घोषणापत्र, वाचापत्र र प्रतिबद्धतापत्रका कार्यान्वयनयोग्य विषयहरूलाई समेटेर ‘राष्ट्रिय प्रतिबद्धता’ तयार गर्ने प्रावधान समावेश गरिएको सरकारले जनाएको छ । यस पहलले व्यक्त जनादेशलाई संस्थागत ढाँचामा लागू गर्न सहयोग पुग्ने र नेपाल सरकारको साझा स्वामित्व सुनिश्चित गर्ने लक्ष्य राखेको बताइएको छ।

कार्यसूचीअनुसार, सात दिनभित्र संविधान संशोधन सम्बन्धी बहस सुरु गर्ने योजना उल्लेख गरिएको छ। यस अन्तर्गत दीर्घकालीन राजनीतिक सुधार, निर्वाचन प्रणाली र संस्थागत सुधारसँग सम्बन्धित विषयमा राष्ट्रिय सहमति निर्माणका लागि संविधान संशोधन बहस पत्र तयार गर्न कार्यदल गठन गर्ने व्यवस्था गरिएको छ। सरकारले यो बहस प्रक्रियालाई पारदर्शी, सहभागितामूलक र तथ्यमा आधारित बनाउन विशेष ध्यान दिने बताएको छ।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  १० : ३४ बजे

जलाइएको भवनअगाडि उभिएर सुधन गुरुङ : भाषण होइन, सुशासनको सपना पूरा गर्न आएका हौँ

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले आफूहरू कुनै ठूला भाषण गर्न नभई

तीन चार जना पत्रकारलाई गृहमन्त्री गुरुङको चेतावनी- पार्टीसँगै तपाईँहरू पनि सुध्रिनुस्

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले तीन-चार जना पत्रकारलाई सुध्रिन चेतावनी दिएका

कांग्रेसको तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि परिमार्जन

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि

जेन-जी शहीदका आमालाई खगेन्द्रले भने- तिम्रो छोरो ढल्यो, यो देश उठ्यो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले जेन-जी आन्दोलनका क्रममा ज्यान

भाद्र २३ र २४ गते यो देशमा जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस्: सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सडकबाट नवयुवाले सोधेका